२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

संघीय गठवन्धन र नयाँ शक्तिले कार्यगत एकता गर्ने

संघीय गठवन्धन र नयाँ शक्तिले कार्यगत एकता गर्ने

काठमाडौं । संविधान संशोधनका लागि दबाव दिन मधेसी मोर्चासहितको संघीय गठवन्धन र नयाँ शक्ति नेपालले कार्यगत एकता गर्ने भएका छन् । साथै उनीहरुले संविधान संशोधन विधेयकमा गरिने परिर्माजनबारे साझा धारणा बनाउने समझदारी समेत गरेका छन् ।

बिहीबार बबरमहलमा बसेको गठवन्धन र नयाँ शक्ति नेपालका नेताहरुको बैठकमा कार्यगत एकता गर्ने समझदारी भएको हो । यो कार्यगत एकता संविधान संशोधनका लागि भएको नेताहरुले बताएका छन् । अब गठवन्धन र नयाँ शक्तिका नेताहरुको टोलीले सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकमा गरिने परिर्माजनबारे साझा धारणा बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij