युएई भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टिमले तिन म्याचको शृंखलाको अन्तिम एवम फाईनल खेल आज खेल्दै छ | संयुक्त अरब ईमिरेट्सको दुबई स्थित आईसीसी एकेडेमीको स्टेडियममा खेल्ने उक्त खेल नेपाल र युएई दुबैले खेल आफ्नो पक्षमा ल्याउने सोचका साथ मैदना उत्रने छन् |

यस अगी जनवरी २५ र २६ का दिन नेपाल र युएई बीचमा दुई ओटा वान डे अन्तरराष्ट्रिय खेल भईसकेका छन् | पहिलो खेलमा युएईले ३ विकेटको रोमान्चक जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई सस्तैमा समेट्दै आफ्नो ऐतिहासिक ठुलो अन्तरको जित निकालेको थियो |
नेपालले आफ्नो पहिलो खेलमा पुरै ५० ओभर खेल्न नसक्दै ३३.५ ओभरमा अल आउट हुँदा नेपालले जम्मा ११३ रन बनाउन सकेको थियो | उता युएईले भने उक्त न्यून स्तरको लक्ष्य पच्छाउने क्रममा बिचमै धर्मराएको थियो | उसको लागि आठौँ विकेटको लागि आमिर हायात र ईम्रान हैदरले बलियो साझेदारी गर्दै युएईको जितको बाटो दोहोराएका थिए |
प्लेयर्स टु वाच
युएई :
असफक अहमद :
अस्फक अहमद युएई टिमका भरपर्दो ओपनर ब्याट्सम्यान हुन् | धेरै जसो रोहण मुस्तफा संग राम्रो ओपनिंग साझेदारी जोडी जमाउने यी खेलाडी युएईको लागि कठिन परिस्थतिमा समेत टिकेर ईनिंग समाल्न सक्छन | तर यिनलाई फास्ट बलरले नै विकेटको सिकार बनआएका छन यस शिरिज्मा | दुवै खेलमा फास्ट बलर हरु सोमपाल र कारणले यिनको विकेट लिएका छन |
आमिर हायात :
युएईका लागी अर्का भरपर्दो मेडीयम पेसर आमिरले यस शिरिज्मा ६ विकेट लिसकेका छन | टिमलाई परेको बेला बलिंग र ब्याटिंग दुवैबाट यिनले टिमलाई समाल्न सक्छन |
नेपाल
पारस खड्का
नेपाली घरेलु लिगमा खासै राम्रो छाप छोड्न नसकेका पारस नेपाली क्रिकेटका मियो हुन् र अनुभवी खेलाडी पनि हुन् | पारसले गेमलाई आवश्यक परेको बेला बलिंग र ब्याटिंगबाट टिमलाई उद्दार गर्न सक्छन |
सोमपाल
सोम्पाल कामी नेपाली क्रिकेटमा बलर र ब्याट्सम्यान दुबैले परिचित नाम हो | बलिंग बाट नभएको ब्याटिंगबाट टिमको उद्दार गर्ने यी खेलाडीले यस टुरमा युएईको विरुद्द धारिलो खेल प्रस्तुत गरिसकेका छन |
कसले जित्ला त आजको खेल ? कमेन्ट गर्नुस् !
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij