२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

तामाङ जातीको इतिहास इतिहास-www.setoghar.com

तामाङ जातीको इतिहास इतिहास-www.setoghar.com

डिल बहादुर लामा-नुवाकोट।तामाङ जातीको इतिहास इतिहासः रचना गरिएका इतिहासहरूले तामाङ जातिलाई यहीकाल खण्‍डमा, यही देश र प्रदेशबाट बर्तमान तामाङहरूको आदिम थलो रहेको भूभागहरू स‍म्म आएको किटानि गरेर कसैले भन्‍न सकेको वा प्रमाणीत गर्न सकेको छैन। तामाङहरू आफुलाई नेपालको भूमीपुत्र आदीवासी जाति भनेर गर्ब गर्दछन्। यस्‍तो नेपालकै एक आदिम पुरानो जाति तामाङको इतिहासलाई नेपालका एक आदिम पुरानो जाति तामाङको इतिहासलाई नेपालका शासकहरूले उल्‍लेख तथा महत्‍व दिएको पाइदैन। तामाङ जाति, तामाङ राज्‍य वा अधिराज्‍य र राजाहरूको वारेमा नेपालको प्राचिन, पुर्ब लिच्‍छवि काल, उत्‍तर लिच्‍छवि काल, मध्‍य तथा आधुनिक नेपालको इतिहासमा उल्‍लेख गरेको छैन। नेपालका शासक जातिहरूले तामाङहरूलाई राजनैतिक, आर्थिक , सामाजिक, सांस्‍कृतिक, धामिक, शैक्षीक, भाषिक आदिमा मात्र नभए इतिहासको तहसनहस, शोषण दमन र उत्‍पीडन गरी आएका छन् जो वर्तमान सम्‍म निरन्‍तर चलिरहेकै छ। सत्ताधारि जातिका इतीहासकार तथा मानवशास्‍त्री, समाजशास्‍त्री, भाषाशास्‍त्रीहरूले लेखेको रचना तथा सामन्‍ती राज्‍यसत्ताका इतिहासमा तामाङ जातिलाई ठग्‍नु ठगेको छ। तामाङ जातिलाई मात्र होइन सिङ्‌गो मुलुकको आदिवासि जनजाति तथा नेपाली अहंकारवादलाई बढाइ चढाइ गरेर कथित इतिहास लेखेका छन्। त्‍यो सत्ताधारी र सेन तथा विष्‍ट राजालाइ, गोखामा मगरका राजालाइ, दोलखा र काठमाडौमा नेवारका राजालाइ, पूर्वमा राइ र लिम्‍बुका राजालाई हराएको इतीहास लेखेको छ। तर ती जातिहरूको भन्‍दा बढि जनसंख्‍या भएको, काठमाडौ उपत्‍यकाको तत्‍कालिन मल्‍ल राज्‍य याम्‍बु (काठमाडौ), हेराङ (पाटन) र खोपाङ (भत्त‌पुर)को वरिपरि कैयैं किपट र कविलाहरू रहेमा स्‍वतन्‍त्र उदय हुनुपूर्ब नै वाइबा, रूम्‍बा, बल, ग्‍हीसीङ आदि थरका तामाङ राजाहरू र राज्‍य अस्ति‍त्‍वमा थिए। तामाङ राज्‍य र राजाहरूको बारेमा तामाङहरू मौखीक रूपमा आफै भनिरहेका छन् यो ठाउँमा फलानो राजा थियो। ती राजाका दरवारको अस्‍तित्‍वहरू र भग्‍नावशेषहरू विभिन्‍न तामाङ किपटहरूमा छरिएर रहेको भेटिन्‍छ। ताम्‍बा अर्थात् मैखिक इतिहास परम्‍पराबाट पछिल्‍लो चरण्‍ामा तामाङ लिपिमा लामा बैद्ध धर्म लिपिबद्ध तामयीग लिपिमा भएका दोङराप, पराप, केराप आदि वंशावलिहरू, उत्‍पत्तिका नाम थरहरू, हाम्रा, जीक्‍तेन तामछ्योअी, रूअीछेन च्‍योप्‍गे, कुक्‍पाखा छ्याअी, तामाङ च्‍युनीला ठङुसा थेन वब्‍सा आदि हस्‍त लिखित पुस्‍तकहरू पाइएको छ। तापनि तामाङ जातिको बारेमा लेखेको भन्‍दा कयैं गुण्‍ा बढि सूचनाहरू मौखिक परम्‍परामै संरक्षित रहेको पाइन्‍छ। यही परम्‍पराको माध्‍यमबाट तामाङहरूले एक पुस्‍ताबाट अको पुस्‍ता सादै आजसम्‍म जे जस्‍तो अवस्‍थामा भएपनि तामाङको इतिहासलाई बचाएर ल्‍याएका छन्।

मैजुदा मौखिक र भग्‍नावशेषको रूपमा पाइएका प्रमाण् तथा तथ्‍यहरूको वैज्ञानिक अनुसन्‍धान, अध्‍ययन, उत्‍खनन, िवश्‍लेष्‍ाण्‍ण, लेखन जस्‍ता कार्यहरू आर्थिक एवं प्रावधिक रूपले पनि वर्तमान द्रिरद्रावस्‍थाका तामाङ समाजको क्षमता र वशंमा छैन भने हिन्‍दु सामन्‍ती राज्‍यसत्तालाई त्‍यसको कुनै चासो र मतलब छैन। जसले गर्दा आज तामाङ जातिको सामाजिक इतिहासका हाम्रा महतोपूर्ण भैतिक सम्‍पदा , निधिहरू तथा मैखिक सम्‍पदाहरू दिन दिनै , आजभन्‍दा भोलि भन्‍दा पसि हुदै अवशेषहरूको पनि अवशेषको रूपमा सधै भग्‍नावशेष्‍मै रहन बाध्‍य छन्। तापनि आज हाम्रो सामु विभिन्‍न देशका थुप्रै अन्‍वेष्‍कहरूङ समाजस शास्‍त्री, भाष्‍ाशास्‍त्री, मानवशास्‍त्री, इतिहासिक एवं पुरातत्‍व विज्ञहरूले अध्‍ययन, अनुसन्‍धान उत्‍खनन् गरेर पत्ता लगाएका तथ्‍यहरु , शोधपत्रहरू विदेशी भाष्‍ाहरूमा रहेका छन्। ती विदेशी भाष्‍ाहरूमा भएका तामाङ जातिका वारेमा लेखिएका, रचिएका अभिलेखहरू संगाले र या संग्रह गरेर आपनो भाष्‍ामा, पुन अध्‍ययन तथा विश्‍लेष्‍ाण्‍ा गरी भावि तामाङ सन्‍तानहरूलाई पुर्खाको इतिहास पुन लेखन गरी नया इतिहासको सृजना गरेर भए पनि प्रस्ट पार्नु पर्ने देखिन्छ । त्‍यो नया इतिहास लेख्‍ने दायित्‍व आज तामाङजातिको सङ्घ तथा नव सन्‍ततिहरूको थाप्‍लोमा आइपरेको छ। तामाङ इतिहाससँग सम्‍बन्‍धित शब्‍द तथा अर्थात् यहा मुख्‍यतया तामाङहरूको इतिहासका मैखिक अवशेष्‍ाहरूलाई आफुले सुने, देखेको र स्‍वदेश तथा विदेश अन्‍वेष्‍ाकहरूको विभिन्‍न पत्र पत्रिकामा लेखादि तथा पुस्‍तकादिमा विभिन्‍न रूपमा प्राप्‍त सूचनाहरूको आधारमा तामाङ जातिको उत्‍पत्ति, उद्गम् इतिहास र मैखिक रूपमा रहेको तामाङ अधिराज्‍य र राजाका इतिहासहरूलाई समेटिएको छ। नेपालका विभिन्‍न कालका तामाङहरूको सानातिना घटना क्रमहरूलाई तथा रीमठीम, आर्थिक लगायत अन्‍य पक्षहरू लाई छाडेर यहा खासगरी उत्‍पत्तिबारे संक्षिप्‍तमा र तामाङ राजा र राज्‍यको मैखिक रूपमा संरक्षित रहेको सारहरूला इसंगालेर प्रस्‍तुत गरीएको छ। तामाङ जातिका राज्‍य अनि राजाहरूको इतिहास खोज्‍न तथा बुभ्न वारम्‍बार दोहोरिने र सुनिने तामाङ भाष्‍ाका शब्‍दहरू परिभाष्‍ा तथा तामाङ भाष्‍ामा खूल्‍न आउन खथ विस्‍तार प्रस्‍तुत गरिएकोछ।

छ। रहेको १_ तामाङ२जोङ३ग्रोङ रोङ तमु४याम्‍बु काठमाडैं नेपाल५ग्‍ले ग्‍लेसा ग्‍याब्‍लो ग्‍याल्‍सा६_कानी र मुमी मुल्‍मी ! नेपालको ६० भन्‍दा बढि आदिवासी जनजातिहरू मध्‍ये एक महत्‍वपूर्ण आदिवासी जाति तामाङ हो। तामाङ भाष्‍ा बोल्‍नेहरूलाई तामाङ भनेर चिनिन्‍छ। डम्फु , टुङना, मुचुङगा तामाङ जातिको मुख्य बाजाहरु हुन् । अनि यो जातिको चिनारीको रूपमा आपनै घर बुना सुतीको स्‍यामा लुगिं जस्‍तो परिया, ग्‍या, गाबरको, ग्‍या तोकरोक, उनी राडी, पाखी स्‍योल्‍दो सुकाअी लुकुनी, पेङ्का अल्‍लोको घरबुना लुगा अनि लोक्‍ताबाट हाते कागज बनाउने, जंगली निगालोबाट नाङ्लो, डोको, थुन्‍से, नाम्‍लो बुन्‍ने, थाङ्का चित्रकला, मकुण्‍डो खोप्‍ने मास्‍क, आदि मैलिक पेशाहरू रहेको छ। तामाङ शब्‍दको अर्थ बारे विभिन्‍न व्‍यात्तिहरूले आ-आपनै मनगढन्‍ते कुराहरू आएको हुदा यहा तामाङ शब्‍दको अर्थ , प्रयोग, एेतिहासिकता र व्‍यापकता आदि वारे निम्‍न अनुसार चर्चा गरिएको छ। तामाङ शब्‍दको इतिहास र प्रयोग तामाङ शब्‍द मुख्‍यतया नेपालको राजधानि वरिपरि घेरिएर घना बस्‍ती भएको नेपालमा प्रथम आबाद गर्ने मंगोल मूलको मानव जाति वा समुदायलाई बुभाउन प्रयोग भइ आएको छ। तामाङहरूले आपनो समाज वा समुदायमा आपनो परिचय तामाङ भनेरै चिनाएको पाइन्‍छ। त्‍यसो त, तामाङ शब्‍दको प्रयोग कहिले देखि भएको रहेछ हेरैं। विदेशी विद्धान म्‍याक्डोल्‍डका अनुसार हालको मुस्‍ताङ जिल्‍लाको गुन्‍थाङ जो पुराङ राज्‍यको एक भाग थियो। त्‍यहाका राजा बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्‍म राज्‍य गरेको थिए। उनको वंशावलीमा तल्‍लो मुस्‍ताङमा रहेका देखि मोन शेरिब अधिराज्‍यका तामाङहरूलाई दबाउन मूत्तिनाथमा किल्‍ला बनाउन लगाएको बृतान्‍त उल्‍लेखित छ। सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाद शब्‍दको रूपमा प्रयोग भएको तथ्‍यले तामाङ भन्‍नुमा गर्ब गर्ने तामाङहरू लाई दबाउन मूत्तिनाथमा किल्‍ला बनाउन लगाएको वृतान्‍त उल्‍लेखित छ। सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाद शब्‍दको रूपमा प्रयोग भएको तथ्‍या उजागर गरेका छन।उपर्युक्त करण अनुसार निम्न कुरा (तथ्य)को पुस्टी हुन्छ।प्राग ऐतिहाँसिक काल देखि नैं तामाङहरू काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा पुरातत्वविद् जनकलाल शर्माले हाम्रो समाज एक अध्ययन नामक पुस्तकमा उल्लेख गर्नुभएको छ। शर्माका अनुसार श्री ५को सरकार र सोभियत रुस सरकार बीच २०३४मा भएको साँस्कृतिक सम्झौता अर्न्तर्गत लेलिनग्राद विश्वविद्यालय, पुरात्व संस्थाका प्राग ऐतिहाँसिक पुरातत्वविद डा. एनातोली याकोब्लेभ भेटेको र नेपाल पुरातत्त्व विभागको संयुक्त अध्ययनको क्रममा बुढानिलकण्ठको दक्षिण पूर्वतिर बानियाँ गाँउ र पण्डित गाँउका बीचमा रहेको धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरू फेला पारेका थिए, जुन हतियारहरू ३० हजार वर्षपुरानो भएको दावी छ।

प्राप्त ढुङ्गाका हतियारहरूमध्ये एक गोवी नमुनाका धार भएको र उक्त ढुंगे हत्तियार मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत् र हिमालय भएर नेपालको काठमाडौँ सम्म लिएर आउने र प्रयोग गर्ने तामाङहरू नै हुन् भन्ने प्रसंगले पनि तामाङहरू ३० हजार वर्षपहिले देखि नै काठमाडौँ वरपर बसोवास गर्ने गरेका थिए भन्ने अनुमानलाई पुष्टि गर्दछ|तामाङ जाति मंगोल वंशका हुनाले चीनबाट महामञ्जुश्री आर्य काठमाडौँमा वस्ती बसालेको तथ्यलाई तुलनात्मक दृश्टिकोणबाट विश्लेषण गर्दा मञ्जुश्री सगैँ काठमाडौँ आई बसोवास गर्ने पहिलो आदिवासी नै तामाङ्गहरू हुनसक्छ भन्ने तर्क अर्कोतिर रहेको छ।तिब्बती राजा श्रङचङ गम्पोले सन् ६४०मा दक्षिणतिर आक्रमण गरी नेपालको उत्तरी भागहरूमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् नेपालका राजा अंशुवर्माले बुद्धिमत्तापूर्वक आफ्नी छोरी भृकुटीलाई तिब्बती राजा श्रङचङ गम्पोसँग विवाह गरि नेपाल तिब्बत् बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए। तत् पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी भृकुटीलाई लिएर तिब्बत् फर्केका थिए। उनीसँग आएका घोडाचढी सेना हरूमध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरू नेपालमै बसेका थिए। घोडाचढी सेनाहरूलाई तामाग भनिन्थ्यो। त्यही तामाग नै कालन्तरमा तामाङ भयो भनेर भनिन्छ।त्यसैगरि अशुवर्माको शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले देश शासन चलाएका थिए। धपाईएका उदयदेव तिब्बतका शरण लिन पुगे जसलाई राजा श्रङचङ गम्पोले स-सम्मान शरण दिए। स-परिवार शरण लिन पुगेका उदयदेवको मृत्यु तिब्बतमै भयो। उन्का छोरा नरेन्द्र देवले सन् ७०० तिर तिब्बतका घोडचढी सेना (तामाङ्ग) हरू लिएर नेपाल आई आफ्नो पैतृक सिहंसन पुन प्राप्त गरे। नरेन्द्रदेवको सहायतार्थ आएका घोडाचढी सेनाहरूलाई विशाल हिमाल श्रृंखलाको कारण फर्केर जान कठिन लाग्नुका साथै नेपालको हावापानी, उर्वराभूमि प्राकृतिक सौर्न्दर्य र यहाँका बासिन्दाहरू (तामाङ्गहरू) लाई मन परेर नेपालमै बस्न थाले। उनीहरूको आफूलाई घोडाहरू काम नलागेपछि घोडाहरू बेचेका हुनाले तिनीहरूलाई तामाङ्ग (घोडा बेचेका) भन्ने गरिएको हो भनेर रमेश विकलले सात सूर्य एक फन्को नामक पुस्तकमा लेख्नुभएको छ। केन्द्रीय तामाङ गणराज्यको अवशेष बाह्र गोरस्याङ सेमजोङ ग्याल्साका वाइबा ग्ले, बाह्र लाच्याङ काकानी ग्याल्साका रुम्बा ग्ले, बाह्र तेमाल तेमाल ग्याल्साका दोङ ग्ले हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij