२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

साहित्यकार करण तामाङ गीत सङ्गितमा पनि ब्यस्त।

साहित्यकार करण तामाङ गीत सङ्गितमा पनि ब्यस्त।

डिल बहादुर लामा-बेलकोटगढी।नुवाकोटको बेलकोटगढी -४ (साबिको दुईपिपल-९)सालखर्कमा जन्मिनु भएका बहुआयामिक गुणधार व्याक्तित्व करण तामाङ आजभोली सास्कृतिक कार्यक्रम र खेल जगतमा भ्याइनभ्याई छन्।आमा ठुली माया लामा र बुवा सुब्बा तामाङको तीन छोरामा कान्छो हुन्।तीन दिदीबहिनीको कान्छो भाइ करण तामाङ दुई दाजुको प्यारो भाइ पनि हुन्।सानै उमेरदेखि विद्यालय स्तरमा पनि सुनौलो चित्रकार करणको नाममा परिचित अहिले चित्रकार मात्रै नभइ खेलाडी,साहित्यकार र कलाकारको साथै बहुमुखी कला प्रतिभाशाली ब्याक्तिको नामले परिचित हुन सफल छन्।

आफ्न मेहनत र परिश्रमका साथै घरपरिवार इष्ट मित्रहरू अनि आफन्तजनका माया ममता र स्नेहका कारण यहाँसम्म आउन सफल भएको तामाङले बताए।आफ्न अध्ययन सङ्गै स्थानीय तथा राष्ट्रिय कला प्रदर्सनमा समेत नाम जमाइ सकेका तामाङ हाल सङ्गीत क्षेत्रमा समेत अब्बल देखिएका छन्।दिनप्रतिदिन आफ्नो इच्छा आकाङ्क्षा र मनोकाङ्क्षा अनुसारको समयसङ्गै परिवर्तन हुँदै गएका देखिन्छ।आगामी दिनहरूमा अझ उन्नति प्रगती गर्दै नाम राख्दै जाउन् शुभकामना।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij