डिल बहादुर लामा|नुवाकोटका लोक गायक कुमार सुवेदी आजभोलि मलेसियामा समेत गीत सङ्गितमा ब्यस्त रहेका छन्।बेलकोटगढी -४ पञ्चासे,नुवाकोट स्थायी ठेगाना रहेका सुवेदी हाल रोजगारको शिलशिलामा रहेका छन्।मलेसियाको पेनाङमा सासा सुरक्षागार्ड कम्पनीमा कार्यरत गायक सुवेदी विभिन्न गीत सङ्गीत कोसेलीको रुपमा बजारमा ल्याउने कार्य जारी रहेको सुवेदिले बताए।आफ्नो सानै उमेरदेखि गीत साङ्गितिक क्षेत्रमा ठूलो आकर्षण बढेका कारण देश बिदेश जहाँ रहेर पनि सधै लागि रहने समेत अठोट गरे।
विभिन्न कलाकारहरुसङ्ग चिरञ्जीवी हुने अवसर पाएकोमा खुशी लागेको छ उनले बताए।आफ्नो कर्तव्य पूरा गर्ने समयमा पनि खाली समय मिलाएर रेकर्डिङ स्टुडियोसम्म गएर आफुले गीत रेकर्ड गर्ने गरेको बताए।बिदेशी भुमिमा समेत नेपालीपन त्याग्न नसकेको र आगामी दिनहरूमा अझ नयाँपनको साङ्गितिक कोसेली स्रोतासामु ल्याएर आउने बाचा समेत गरे।सुवेदीको ब्याक्तित्व साङ्गितिक क्षेत्रमा दाखिला रहिआएको देखिन्छ।वैदेशिक रोजाईको अवसर जुटाएर आफूलाई ठूलो साथ र सहयोग मिलेकोमा खुशि ब्याक्त गरे।
गीत सङ्गितलाई आफ्नो सङ्ग्रह र संघ सम्झिने सुवेदी जिवनको भोगाइ तिता मिठा वास्तविकता समाबेश गरिएका साङ्गितिक यात्रामा समाबेश गर्ने बताए।समय मिलाउदै बास्तबिकता जिउने आधार बनाउने नभई कला र गलाको प्रतीक सम्झनामा राख्न कुनै पनि सम्झौता नगर्ने समेत दाबी गरे।आफू राम्रो त जगत राम्रो भने झै सबै ठाउँमा आफू राम्रो भए सबै राम्रो हुनेरहेछ बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij