२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रहरीले थुनिएका मंगाेल नेशनल अर्गनाईजेशन MNO का कार्यकर्ता रिहा।

प्रहरीले थुनिएका मंगाेल नेशनल अर्गनाईजेशन MNO का कार्यकर्ता रिहा।

मंगाेल नेशनल अर्गनाईजेशन का केही कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय घाेराही र ईलाका प्रशासन कार्यालय तुल्सीपुर मा साेधपुछ गर्न भनेर लगि थुनामा राखिएका थिए।
एम.एन.अाे काे नारा हामी मंगाेल हिन्दु हाेईनाै, हिन्दु चाँड मान्दैनाै, जातजाती भन्दैनाै भन्ने नारा नलगाउन दबाब गरिएकाे गरिएका थिए। ईलाकामा २ जना र जिल्लामा ४ जना प्रचार प्रसारमा संलग्न भएकालाई विना कारण थुनामा राखिएकाे छ। कार्यक्रम सभाका अायाेजक दिवक थापा मगरले के कारणले थुनामा राखिएकाे हाे जानकारी पाउनु पर्छ भन्दा प्रहरी अधिकारी माैन देखिनु अन्तमा माथीकाे अादेश भनेर मात्र भन्नुले नेपालमा अब लाेकतन्त्र र धर्मनिरपेक्ष लाई पुर्ण लागू गर्न एम.एन.ओ ले नै शासन गर्नुपर्ने बताउनु भएकाे छ। लाेकन्त्रमा सुचनाकाे हक काे प्रत्याभुत गर्न पाउनु पर्छ भन्ने मंगाेल भिजन पत्रिकाकाे अावाज सधै रहने बताए।

MNO को ३० अौं स्थापना दिवसलाई सभ्य तथा भव्य रुपमा सफल पार्नको निमित्त ब्यपक रुपमा भित्ते लेखन कार्य गर्दै प्रचारप्रसार गर्ने क्रममा MNO का केही नाराहरु उपर असन्तुष्ट जनाउँदै मंगोल नेशनल अर्गनाइजेसनका कार्यकर्ताहरुलाई बिपक्षीका प्रशासनले नियन्त्रणमा लिएको थियोे। शनिबार थुनामा परिएका उक्त मुलवासी मंगोलका कार्यकर्ता हरुलाई आज MNO का बिशिस्ट व्याक्तिहरुद्वारा सकुशल रिहा गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij