डिल बहादुर लामा।नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर -९ दियाले साबिकको जिलीङ गाउँ विकास समिति -७ मा जन्मिनु भएको रुपेश भट्ट अहिले साङ्गितिक क्षेत्रमा एकछत्र रूपमा आफ्नो नियमित यात्रा गरिराखेका छन्।आमा गङ्गा कुमारी भट्ट र बुवा गणेश बाहादुर भट्टको साइलो छोरा हुन्।उनका दुई दाजुभाइ र एक दिदी समेत छन्।सानैदेखि गीत संगीत मन पराउने र मेलापातमा अनि घाँस दाउरा साथै गोठालामा जादा समेत गीत गुनगुनाउ थे।अहिले दिनप्रतिदिन नयाँ नयाँ साङ्गीतिक कोसेली ल्याउने क्रम जारी रहेको छ।आफ्नो साङ्गितिक क्षेत्रको इच्छा पूरा गराउने उदेश्यले काठमाडौमा आएर रोजगार गर्दै आएको समेत उनले बताए।”नुवाकोट जिलिङ गाउँ”एल्बममा स्वर भरेसङ्गै बिस्तारै पहिलो साङ्गितिक यात्रा सुरुवात गरेका उनले अहिलेसम्म लय,शब्द र अवाज गरेर आठवटा गीत बजारमा ल्याइसकेका छन्।
गीत मार्फत आफ्नै जन्मस्थल जिलिङ गाउँ र नुवाकोट जिल्लालाई सबैसंग चिनाउने माध्यम गरिएको पाइन्छ।पुराना कलाकारहरुसङ्ग आफुले काम गर्न पाएको र नयाँ कलाकार बन्न चाहाने सङ्गितप्रेमी मित्रहरूलाई हातमा हात र साथमा साथ दिएर लैजाने समेत बताए।आजकाल आफ्नो रोजगारसङ्गै गीत सङ्गीतमै व्यस्त छु उनले बताए।पछिल्लो समयमा बजारमा भर्खरै आएको “फेसबूक आईडी” एल्बमले अझ आफू चिन्न सफल भएकोमा खुशि लागेको बताएका छन्।सामाजिक संजाल सम्बन्धि समेटिएको कथा वस्तु जसमा देशमा दिनप्रतिदिन बढ्दै गरेका बलात्कारको विषयलाई समेत समाबेश गरिएको पाइन्छ।अब आउने समयमा पनि राम्रा राम्रा गीत बजारमा ल्याएर आउने उनले बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij