२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

७ वर्षपछि लुकासको गोल, लिभरपुल अघिल्लो चरणमा

७ वर्षपछि लुकासको गोल, लिभरपुल अघिल्लो चरणमा

काठमाडौं । लिभरपुल, साउथह्यामप्टन र न्युक्सल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको चेस्रो चरणको रिप्ले खेलमा प्लाइमाउथलाई १–० ले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान पक्का गरेको हो ।

गएको हप्ता भएको तेस्रो चरणको खेलमा बराबरी भएपछि लिभरपुलले प्लाइमाउथसँग रिप्ले खेल्नु परेको हो । लिभरपुलको जिमा १८ औं मिनेटमा लुकास लेइवाले गरेको गोल नै निर्णायक बन्यो । उनले सात वर्षपछि लिभरपुलका लागि गरेको यो पहिलो गोल हो । उनले यसअघि सन् २०१० मा लिभरपुलका लागि गोल गरेका थिए ।

यस्तै राति नै भएको खेलमा नर्विच सिटीलाई १–० ले नै हराएको साउथह्यामप्टनले पनि चौथो चरणमा स्थान बनाएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्यामप्टनलाई जिताउन इन्जुरी समयमा शाने लङले गरेको गोल निर्णायक बन्यो । अर्को खेलमा बर्मिङ्घम सिटीलाई ३–१ ले हराएको न्युक्यासलले पनि चौथो चरणमा स्थान बनाएको छ ।

न्युक्यासलको जितमा म्याट रिट्चीले दुई तथा योएन गुफ्रानले एक गोल गरे । बर्मिङ्घमका लागि डेविड कोट्रिलले एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij