अपाङ्गता एउटा अवस्था हो, जसमा शरीरका कुनै एक वा अनेक अंगहरूले राम्रोसँग काम नगरिदिने हुदा निश्चित रूपमा केहि न केहि बाधाहरू हुन्छन् । विज्ञानको आश्चर्यजनक विकाससँगै हिजो असम्भव लागेका कतिपय सपनाहरू आज साकार भएका छन् । मानिसकै खोजले मानव जीवन समृद्दिको उत्कर्षमा पुगेको छ । धेरै पर्यत्नहरू भएका छन्, जीन्दगीलाइ सहज बनाउने । अपांगताको क्षेत्रमा पनि विभिन्न किसिमका नविनतम प्रगतिहरू थपिँदै छन् । जसले गर्दा अपांगता भएका व्यक्तिहरूको जीवनशैलीमा निकै सुधार देखिँदै आएको छ । तर अझै पनि हाम्रो जस्तो संकुचित समाजमा अपांगता भएका व्यक्तिहरूलाइ हेर्ने दृष्टिकोणमा अपेक्षाकृत परिवर्तन आउन नसक्नु चाँहि दुःखद पक्ष हो ।

अपांगता आफैँमा समस्या होइन तर वरिपरिको वातावरण अपांगतामैत्री नहुनुको कारण अपांता भएका व्यक्तिहरूले समस्या भोगिरहेका छन् । नत्र त जुन कुरा शारीरिक क्षमताबाट प्राप्त हुन सक्दैन, त्यसका लागी सहजिकरण गरिदिने विभिन्न प्रविधिहरूको विकास भएको छ । आवश्यकता अनुसार थप प्राविधिक विकास पनि हुँदैगर्छ । तर हाम्रो जस्तो संकुचित समाजमा अपांगता भएका व्यक्तिहरू अझै पनि उपेक्षित र पछाडि पारिएका छन् । आफ्नो अन्तरर्निहित क्षमता प्रस्फुटन गर्न पाएका छैनन्, बरू उल्टो हाँसो र उपहासको पात्र बनाइएका छन् । दृष्टिविहिन व्यक्तिहरू त झन् अपांगता भित्र पनि अझ बढि निरिह ठानिन्छन् । आँखाले देख्न नसके पछि गरिखानै सकिँदैन भन्ने जुन सामाजिक धारणा छ, त्यसले त दृष्टिविहिन व्यक्तिहरूलाइ सम्मानपुर्वक जीवन बाँच्ने अवसर नै दिँदैन ।
विदेशमा वैज्ञानिकहरूले नदेख्ने आँखाहरूमा दृष्टि, स्थापित गराउन दिनदिनै नयाँ–नयाँ प्रयोग गर्दैछन् । वायोनिक/वायोनरि आँखाहरूको परिक्षण र प्रयोग गरिँदै छ । नदेख्नेहरूलाइ कसरि स्वतन्त्र जीवनयापन गर्न सक्ने बनाउन सकिन्छ भनेर चस्मा, जुत्ता, घडी, मोबाइल र कम्प्युटर सम्ममा क्यामेरा, चिप्स, एप्स आदि प्रविधि थप गरिएको पाइन्छ । यता नेपालका अधिकांश दृष्टिविहिनहरूको हातमा भने हालसम्म एक थान सेतो छडी सम्म पुग्न सकेको छैन । स्कुल जाने उमेरका अधिकांश अपाङ्गता भएका बालबालिकाहरूले विद्यालयको मुख देख्न पाएका छैनन्, दृष्टिविहीनहरूले त स्लेट स्टाइलस र ब्रेल किताब छुन समेत पाएका छैनन् । स्कुले तह सम्मका लागि त नेपाल सरकारले जसोतसो ब्रेल पाठ्यपुस्तकको व्यवस्था गरेको छ । कलेज तहको शिक्षाका चुनौति भने अझै बाँकि छन् । नेपाल नेत्रहिन संघले डेजी प्रविधि भित्र्याएर अडियोमा पुस्तक तयार गर्न थालेपछि कलेज तहका दृष्टिविहिन विद्यार्थीले केहि राहतको महसुस गर्न पाएका छन् । तर यो भनेको समुन्द्रमा उठेको एउटा फोका मात्र हो । गुणस्तरीय शिक्षा र व्यावसायिक दक्षता विकासका लागी अझै ठूलो तरंग आउनुपर्छ । त्यो तरंग भनेको केबल प्रविधिको विकासले मात्र ल्याउन सक्छ ।
हिजोका दिनमा जे-जति दुःख भोगेपनि आजको दिनमा चालिएका सही कदम र थालिएका सकरात्मक प्रयत्नहरूले भोलिको दिनमा अपाङ्गहरूको जीवन सहज, आत्मनिर्भर र उत्पादन मुलक बनाउन सकिन्छ । केहि वर्ष देखि विभिन्न संघ-संस्थाले शारीरिक तथा दृष्टिविहिन व्यक्तिहरूको पुनस्थापना, वैयक्तिक वृत्तिविकास, शिक्षा, स्वस्थ्य, तालिम, रोजगार तथा स्वरोजगारका लागि महत्वपुर्ण काम गर्दै आएका छन् । आवश्यकता अनुसार गमनशीलता एवं अभिमुखिकरण, दैनिक जीवनचर्या र ब्रेल साक्षरता, कम्प्युटर लगायतका तालिम प्रदान गर्नुका साथै अन्य अवसर हरूको खोजिमा समेत सहयोग पुर्याउछ ।
नेपाल नेत्रहिन संघले नेपालमा पहिलो पटक दृष्टिविहिनहरूको लागि जजको माध्यमबाट कम्प्युटर तालिम प्रारम्भ गरि पहुँच एवं योग्यताको नयाँ युग सुरू गरेको हो । शुरूमा बोल्ने सफ्टवेयर अंग्रेजीको जज मात्र भएकोले कम्प्युटर सिकाइ अलि जटिल हुने गर्थ्यौं तर जब दृष्टिवाचक नामक नेपाली सफ्टवेयर विकास गरि वितरण शुरू गर्यो, दृष्टिविहिनहरूको कम्प्युटर सिकाइ सहज हुनुका साथै इ–मेल, इन्टरनेट र सामाजिक संजालहरूमा समेत पहुँच बढ्यो । तर त्यो दृष्टिवाचक सफ्टवेयरमा पनि विभिन्न किसिमका सीमितताहरू भएका कारण समय सापेक्ष नेपाली प्राकृतिक टेक्स्ट टु स्पिच (टिटिएस) सफ्टवेयरको आवश्यकता महसुस गरियो । अर्कातर्फ कम्प्युटर जान्ने दृष्टिविहीनहरूलाइ पनि नेपालीमा प्रकाशित पत्रपत्रिका तथा अन्य सामाग्रीहरू पढ्न समस्या हुँदै आएको छ । कार्यालयमा काम गर्ने कर्मचारीहरू चिठिपत्र, कागजात आफैँ पढ्न नसक्ने हुँदा कार्यक्षमता माथि प्रश्न उठाउने ठाउँ रहन्थ्यो । यसलार्इ चिर्ने एकमात्र उपाय भनेको नेपाली अप्टिकल रिकग्निसन सफ्टवेयर (ओसिआर)को विकास मात्र हो । यिनै तथ्यलार्इ हृदयाङ्गम गरि नेपाल नेत्रहिन संघले काठमाण्डौं विश्वविद्यालय संगको प्राविधिक सहकार्यमा नेपाली ओसिआर र नेपाली टिटिएस दुबै सफ्टवेयरको विकास गरेको छ । यो निकै सुखद कुरा हो ।
अष्ट्रेलियन राजदुतावासको प्रत्यक्ष आर्थिक सहयोगमा तयार गरिएको ओसिआर सफ्टवेयरले दृष्टिविहिन तथा छापाका अक्षर पढ्न समस्य भएका व्यक्तिहरूलार्इ सहज रूपमा नेपाली पढ्न सहयोग गर्दछ । उक्त सफ्टवेयर निःशुल्क वितरण गरिएको छ । अहिले कम्प्युटरमा मात्र चल्ने बनाए पनि सन् २०१८ को अन्त्यसम्ममा मोबार्इलमा पनि चल्ने बनाउन हाल यसको परिष्कार गरिदैछ । यो वर्ष ब्रेल पाठ्यपुस्तक छपार्इका सन्दर्भमा यो सफ्टवेयर निकै उपयोगी सावित भएको बताइन्छ । यस अर्थमा यो सफ्टवेयर एउटा युगिन उपलब्धि हो ।
कादुरी च्यारिटेबल फाउन्डेसन हङ्कङको आर्थिक सहयोगमा शुरू गरिएको नेपाली टिटिएस सफ्टवेयर निर्माण पनि अन्तिम चरणमा पुगेको छ । प्राकृतिक नेपाली आवाजमा तयार पारिएको उक्त सफ्टवेयर मोबार्इल र कम्प्युटर प्रयोग गर्न सजिलो हुने अपेक्षा गरिएको छ । यि दुर्इ सफ्टवेयरको विकाससँगै विद्यार्थिहरूको र्इमेल र्इन्टरनेट प्रयोग, सन्दर्भ सामाग्रीको खोजी तथा लेखपढमा देख्नेहरू संगको निर्भरता घट्नेछ भने शैक्षिक गुणस्तरमा वृध्दि हुनेछ । यसबाट विभिन्न आयोग तथा रोजगार सम्ब4{ परिक्षाहरूको तयारीमा सहयोग पुग्नेछ । यता रोजगार दृष्टिविहिनहरूको कार्यकुसलतामा अभिबृध्दि हुन सक्छ । साथै यसबाट कम्प्युटर चलाउन अंग्रेजी भाषाको परनिर्भता केहि घटेको अहिले नै अनुभुति हुन थालेकf] छ ।
यद्दपि आइसिटिमा अपाङ्गता भएका व्यक्तिहरू अझ धेरै पछाडि छन् । कम्प्युटर लगायत सबै पछिल्ला प्रविधिको विकास अपाङ्ग मैत्री बन्दैछन् । सबैमा यसको पहुँच पुर्याउने व्यवस्था सरकारी स्तरबाट नै मिलाउनुपर्दछ । उपयुक्त प्रविधिको विकास र प्रयोगले अपाङ्गताका कारण देखिन सक्ने अधिकांश समस्याहरूको समाधान गरिदिन सक्छ ।
(संशोधित अंश नेपाल नेत्रहीन संघको स्मारिका, २०७५)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij