२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुनामीले मृत्यु भएकालाई सामूहिक चिहानमा गाड्ने तयारी

सुनामीले मृत्यु भएकालाई सामूहिक चिहानमा गाड्ने तयारी

इण्डोनेशियाका अधिकारीहरूले भूकम्प र सुनामीका कारण ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान गएपछि उनीहरूलाई सामूहिक चिहानमा गाड्न सुरु गर्ने बताएका छन्। रोगहरू फैलनसक्ने भयका कारण त्यसो गर्न लागिएको उनीहरूले बताएका हुन्। शुक्रवार भूकम्प र त्यसपछि सुनामी आएको इण्डोनेशियाको पालु नगरमा ठूलो मात्रामा क्षति पुगेका तस्बिरहरू आइरहेका छन्। अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गएको पुष्टि भएको छ।

विकट क्षेत्रमा पुग्दासम्म उक्त संख्या तीब्र रुपमा बढ्नसक्ने ठानिएको छ। दर्जनौं मानिसहरू भग्नावशेषमा जीवित फसिरहेका हुनसक्ने ठानिएको छ। पालु नगरमा उद्धारकर्मीहरू होटल र किनमेल केन्द्रमा खोजीका लागि भारी उपकरणहरूको प्रतीक्षा गरिरहेका छन्।परकम्पहरूले असुरक्षित पारेका कारण उनीहरू त्यहाँ जान सकिरहेका छैनन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij