जापानमा शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित भएको छ ।
चामीको असरले कम्तीमा एक हजार उडान रद्द भएको बताइएको छ । चामी आँधी आइतबार स्थानीय समय अनुसार बेलुका आठ बजे जापानको पश्चिमी शहर ओसाका पुगेको थियो । आँधी तटमा ठोक्किने बेला दुई सय १६ किलोमिटर प्रतिघण्टाको गतीमा हावा चलिरहेको थियो । आँधीका कारण विभिन्न उडान र रेल रद्द गरिएको छ । साढे सात लाखबढि घरमा बिजुली आपूर्ती बन्द भएको छ । तीब्र हावा र आँधीको असरले कम्तिमा ८४ जना घाइते भएका छन् ।हालै जापानले जेबी आँधीको कहर झेलेको छ । उक्त आँधी २५ वर्षको सबैभन्दा शक्तिशाली आँधी थियो । यसका कारण कम्तिमा सातजनाको मृत्यु भएको थियो र जनजीवनमा अत्यधिक असर परेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij