
कालिकोट । जिल्लाको खाडाचक्र नगरपालिका १० की १९ वर्षिया युवतीलाई दश जनाको समुहले सामुहिक बलात्कार गरेका छन् । बुधवार दिउसो सावकिको पाखा थिमुस्तिथ छिमालको पैठे जात्रा हेरि घरफर्किने क्रममा नौ दश जनाको संख्यामा रहका ब्यक्तिहरूले खोलामा लगेर सामुहिक बलात्कार गरेको पिडित युवतीले बताईन् ।
पिडित युवतीले आफुलाई बलात्कार गर्ने १० जना विरुद्ध नंया उजुरी दिएको जिल्ला प्रहरि कार्यलयका प्रहरि निरक्षक निरोज चौलगाईले बताए समुहिक बलात्कार गरेको आरोपमा प्रहरीले खाडाचक्र नगरपालिका १० का २८ वर्षीय सजर्ने विक ,२० वर्षिया प्रवे विक ,१८ वर्षिया गोर्ख विक ,खाडाचक्र नगरपालिका ९ निवासि २२ वर्षिया जिवन विक , २० वर्षिया नविन विक ,१८ वर्षिण दिले परिवार २१ बर्षिण सुवाश विक र २० वर्षिया दर्वे विकलाई पक्राउ गरेको छ ।
पीडित युवतीले बिहिवार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको र सोही आधारमा बलात्कारिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
पीडित युवतिको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा गरिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय कालिकोटका डिएसपी बिनोद शर्माले बताए । ‘पीडित युवतिकोे उजुरीको आधारमा बलात्कारमा संलग्न ६ जनालाई प्रक्राउ छ भने ४ जना फरार छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij