२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रधानमन्त्री प्रचण्डसँग इण्डोनेसियन राजदूतको बिदाई भेट

प्रधानमन्त्री प्रचण्डसँग इण्डोनेसियन राजदूतको बिदाई भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले बिदाई भेट गरेका छन्। ४ वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि अत्मड्जाले प्रधानमन्त्री प्रचण्डसँग बिदाई भेट गरेका हुन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको बताएका थिए। महाभूकम्पको विपत्तिमा इण्डोनसियाले नेपाललाई सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई प्रचण्डले धन्यवाद दिए।

प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको पनि उक्त अवसरमा धारणा राखेको सचिवालयले जनाएको छ।

बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिए। उनले दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij