२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

डुङ्गा दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

डुङ्गा दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो


कास्की ।पोखराको लेखनाथस्थित बेगनास तालमा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । शनिबार भएको घटनामा दुई जनाको मृत्यु भएको थियो भने, ६ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका नवलपरासी गैडाकोट घर भएका ३२ वर्षीय रवि खनाल, उनकै छोरा ७ वर्षीयका शंकर खनाल र ८ वर्षीय शिव खनाल साथै ५ वर्षीय प्राचीन पौडेल र रंजित गैह र १७ वर्षीय मनिसा बजगाईको शव आइतबार मृत फेला परेका हुन ।

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । बेपत्ताको खोजीमा आइतबार बिहानैदेखि सुरक्षा निकाय, नेपाली सेना र सशस्त्रका गोताखोर टोली खटिएका थिए ।

शनिबार नवलपरासीकी ५ वर्षीय कृष्णकुमारी बजगाई र तनहुँकी ३३ वर्षीय जमुना कडेंलको शव निकालिएको थियो । उनीहरुको अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो ।

पोखरा, चितवन र अन्य स्थानबाट तिज मान्न बेगनास पारी घर भएका कमल कडेँलको घरमा आएका उनीहरु पार गरेर जाने क्रममा लिप्दी भन्ने स्थानमा दुर्घटना भएको थियो ।

डुङ्गाबाट बच्चा तालमा खसेपछि समात्न खोज्ने क्रममा कोल्टिएर पानी भरिएपछि दुर्घटना भएको हो । डुङ्गाबाट ५ वर्षकी प्राचीन पौडेल तालमा खसेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij