२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

इटालीमा तीनपटकसम्म भूकम्प

इटालीमा तीनपटकसम्म भूकम्प

रोम । मध्य इटालीमा बुधबार तीनपटकसम्म भूकम्प गएको छ । इटालीमा गत वर्षमात्र भीषण भूकम्पले सताएको थियो ।

स्थानीय समयानुसार बुधबार बिहान १०:२५ मा गएको भूकम्प ५.३ म्याग्निच्यूडको भएको र ५० मिनेटपछाडि ५.७ म्याग्निच्यूड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्यूडको भएको बताइएको छ ।

सो भूकम्पको कम्पन आबु्रज्जो लजिओ, मर्चेलगायत रोममा पनि महसुस गरिएको बताइएको छ ।

पछिल्ला भूकम्पहरुले अत्यन्त क्षतिग्रस्त बनाएको आकिइला सहरमा भने भवनहरु क्षतिको कुनै खबर प्राप्त नभएको बताइएको छ ।

बुधबार गएको भूकम्पको केन्द्रबिन्दू भने पहाडी सहर अमाट्रिसेनजिकैको क्षेत्रमा अंकित भएको छ । यस इलाका गत वर्षको अगस्त र अक्टोबरमा गएको भूकम्पको अतिप्रभावित क्षेत्र हो ।

गत वर्ष आमाट्रिसेनजिकै अत्यन्त प्रभावित भएको ६.० म्याग्निच्यूडको भूकम्पका पनि करिब ३०० व्यक्तिको मृत्यु भएको थियो ।

-एएफपी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij