२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर रोक्का

अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर रोक्का


एजेन्सी । अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड अमेरिकी डलर नदिने निर्णय गरेको छ ।

पाकिस्तानले आतंकवाद नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सहयोग रकम रोक्का गर्ने निर्णय गरिएको हो ।

अमेरिकी रक्षा मन्त्रालयका लेफ्टिनेन्ट कर्णेल कोनी फाकनरले विज्ञप्ति निकाली पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएका कारण सहयोग रकम रोक्का गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

यसअघि ट्रम्प प्रशासनले पाकिस्तान उग्रवादीको अखडा बनेको र पाकिस्तानको आडमा अफगानिस्तानमा १७ बर्षदेखि आतंकवाद मौलाएको आरोप लगाएको थियो ।

यद्यपि, पाकिस्तानले भने अमेरिकी भनाईप्रति आपत्ति जनाएको छ ।

यसअघि पनि अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ५० हजार अमेरिकी डलरको सहयोग रद्द गरेको थियो ।

अमेरिकी निर्णयले नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भने झट्का लागेको छ ।

पाकिस्तानको सत्ता सम्हालेलगत्तै अमेरिकाले सहयोग रकम रोक्का गर्दा खानलाई अप्ठेरो परेको हो ।

अमेरिकाले पाकिस्तानका लागि हालसम्म ३३ अर्ब अमेरिकी डलर सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij