
वहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि वङ्गालको खाडी राष्ट्रहरू (विमस्टेक)को सम्मेलन काठमाडौंमा शुरुभएको छ । सन् १९९७ मा स्थापना भएको विमस्टेकले राजनीति र कुटनीतिलाई खासै तरङ्गित गरेको देखिदैन । तर वर्तमान अवस्थामा यस संंगठनको सामरिक महत्व वढ्न सक्ने सम्भावना देखिन्छ ।
कारण, विश्वको ध्रुकृत राजनीति हो । ट्रम्पको उदयपछि अमेरिकी नीति परिवर्तन भयो । संरक्षणवाद र भुमण्डलीकरणको टक्करले विश्व राजनीति धनचक्करमा फस्दै गयो । धुर्वीकरण र क्षेत्रीय सन्तुलन वडो जोड तोडका साथ वढ्न लाग्यो । चिनले आफ्नो सामथ्र्य वढाउन विक्सलाई वलिायो वनाउ‘नु आसियान संगठनलाई गोलवद्ध हुनु, युरोपियली मुलुकहरू जी टेवन्टीको छातामुनि सामरिक नीति वनाउनु र यी सबै संगठनहरूमा अमेरिका आफ्नो पहुच वढाउन चेष्टा गर्नु अहिलेको परिदृश्य हो । तद्नुरुप विम्स्टेकलाई पृथक् राख्न सकिदैन ।
सन् १९६२ मा चीन र भारतको युद्ध पछि लामो समय भारत र चीनको सम्वन्ध चिसिएको थियो । सत्तरीको दशकमा देसाई सरकारको प्रयास ‘व्रेक आइस’ भए पछि ८० को दशकमा राजीव गान्धीले भारत र चीनको सम्वन्धलाई पुनव्याख्या र मिलनको वाटोमा लग्न प्रयास गरे । भारत पूर्ण रुपले प्रष्ट थियो कि आसियान मुलुकहरूको साथ विना वैभव र समृद्धिको गोरटोमा हिड्न सकिदैन ।
९० को दशकमा नरसिंहा रावले दुई वटा रणनीति एक साथ प्रयोग गरे, ‘आर्थिक उदारीकरण र लुक इस्ट पोलिसी ।’ कालन्तारमा मोदी सरकारले लुक इष्टलाई “एक्ट इष्टमा” परिवर्तित गरे । विमस्टेकको अवधारणा र विकास यही नीतिवाट परिलक्षित छ । अर्थात् सुरुका दिनमा भारतले आफ्नो सम्वन्ध आसियान मुलुकहरूसंग कसरी वढाउने भन्ने सोचका साथ विम्स्टेकको परिकल्पना थाइल्याण्डसंग राखे ।
अर्को तर्फ थाइल्याण्ड चीनको वढ्दो वर्चस्व वा दवदवालाई सन्तुलन गर्न भारतसंग सौह्द्रताको लागि मञ्च खोजीरहेका थिए । अर्को शब्दमा भन्ने हो भन्ने विम्स्टेकको अबधारणाको विकासमा भारत र थाइल्याण्डको भूमिका वढी छ । यसको पछाडि यी दुई मूलुकहरूको आर्थिक र सांस्कृतिक सम्वन्ध नभएको होइन ।
विम्स्टेकको सदस्यका रुपमा नेपालको सहभागिता भारतका लागि महत्वपूर्ण छ । नेपाल वुद्धको जन्मभूमि भएकोले यी विम्स्टेकको राष्ट्रहरूले वुद्ध सर्किटको रुपमा विकसित ग¥यो भने थाईल्याण्ड, श्रीलङ्का, भुटान र भारतवाट असंख्य पर्यटकहरू नेपालमा आउने सम्भवना बलियो छ । विम्स्टेकमा भारतको प्रतिद्वन्दी कोही छैन । सार्क जहिले पनि भारत र पाकिस्तानको गनगन र टकराववाट ग्रसित छ ।
प्रत्येक वर्ष एक मिलियन भारतेली पर्यटक थाइल्याण्ड भ्रमण गर्नु र भारत र थाइल्याण्डको वीच सात विलियन भन्दा वढी व्यापार हुनु पनि यी दुई मूलुकहरूको अन्र्तरसम्वन्धलाई संकेत गर्दछ । दुई वटै मूलुकहरू (एक.टि.ए) खुला व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् भने भारतको पूर्वाधार विकासमा चौसठ्ठी मिलियन थाई निवेशकको लगानी छ । कलकता वन्दगाहलाई आधुनिकीरण थाई कम्पनीहरूले लिएको छ ।
विम्स्टेकको अरु देशहरू झंै भारतको व्यापारिक सम्वन्ध वंगलादेशसंग रोचक छ । भारत वंगलादेशको धाई आमा भए तापनि सन् १९८५ देखि सन् १९९० सम्म वंगलादेशको आर्थिक वृद्धिदर भारतभन्दा वढी थियो । सन् १९९३ मा भारतको निर्यात १६४ प्रतिशत वंगलादेशमा वढ्यो ।
वंगलादेशका लगानीकर्ता र निर्यातकर्ताको रुपमा भारतको स्थान प्रमुख छ । विम्स्टेकको माध्यमवाट भारतले वंगलादेशसंग सहकार्य वढाउन पक्कै चेष्टा गर्ने छ । त्यस्तै भारत र म्यानमार सम्वन्ध पनि उल्लेखनीय छ । विम्स्टेकको मञ्चलाई प्रयोग गरेर भारत म्यानमारलाई सामरिक महत्व दिएको छ । अर्थात् आसियान मुलुकहरूसंग सडकीकरण गर्न र कन्क्टीभीटि वढाउ‘न म्यानमारको वाटो उपयुक्त छ । त्यसैले विम्स्टेकमा म्यानमारको सहभागिता भारतको लागि निकै उपयोगी छ ।
म्यानमार पूर्वीय एशियाली मुलुकहरूको लागि एउटा द्वार हो । यही रणनीतिका आधारमा भारत र भुटान सम्वन्धलाई पनि दृष्टिगौचर गर्दा के पाइन्छ भन्ने भुटानमा हाइड्रोको माध्यमवाट आर्थिक परिर्वतनका लागि भारतको भुमिका अहम् छ । भारत खास गरेर श्रीलङ्काको आर्थिक अवस्था आफ्नो नियन्त्रणवाट अगाडि महसुस गइरहेको छ । अर्थात् श्रीलङ्काले आफ्नो आर्थिक परिर्वतनको निम्ति चीनसंग हातेमालो गर्नु भन्नु नै श्रीलङ्काको आर्थिक धराशायी हुनु हो ।
विम्स्टेकको सदस्यका रुपमा नेपालको सहभागिता भारतका लागि महत्वपूर्ण छ । नेपाल वुद्धको जन्मभूमि भएकोले यी विम्स्टेकको राष्ट्रहरूले वुद्ध सर्किटको रुपमा विकसित ग¥यो भने थाईल्याण्ड, श्रीलङ्का, भुटान र भारतवाट असंख्य पर्यटकहरू नेपालमा आउने सम्भवना बलियो छ । विम्स्टेकमा भारतको प्रतिद्वन्दी कोही छैन । सार्क जहिले पनि भारत र पाकिस्तानको गनगन र टकराववाट ग्रसित छ ।
सार्कमा भारत र पाकिस्तानको छाया नै पाइन्छ, यस अर्थमा विम्स्टेक भारत र पाकिस्तानको गनगन र टकराववाट मुक्त रहने विश्लेषकहरूको भनाइ छ । विम्स्टेकको सबभन्दा पहिले एउटा सांस्कृतिक “हव” को रुपमा विकसित हुन सक्छ । आन्तरिक पर्यटनको सम्भावना प्रचूर मात्रामा छ ।
थाइल्याण्डदेखि नेपालसम्म हरेक क्षेत्रले पर्यटनको सम्भावना बोकेको छ । यस परिवेशमा विम्स्टेकका चूनौतीहरू पनि धेरै छन् । एक जना थाइल्याण्डका जानकारले के प्रष्ट भनेका छन् भने भारतको आर्थिक र सामरिक हैसियतले विम्स्टेकको चालक भारत नै हो । भारतका नेतृत्व क्षमता र कौशलतामा नै विम्स्टेकको भविष्य निर्भर छ । त्यसर्थ भारतको नेतृत्वमा विम्स्टेकको राष्ट्रहरू १४ वटा महत्वपूर्ण कार्य योजना राखे तापनि सर्वप्रथम “कनेक्टीभिटी”मा वढी जोड दिनु पर्छ । वंगालको खाडीमा अवस्थित यी राष्ट्रहरूको साझा संस्कृति भए तापनि आर्थिक सम्वन्धले गोरेटो लिन सकेको छैन ।
भारत र म्यानमार भौगोलिक रुपमा नजिक भए तापनि भारत र म्यानमारको व्यापरिक धनराशि भारत र निकारुगुवा भन्द वढि छैन । म्यानमार टासिएर भए तापनि आर्थिक समिपता वढेको छैन । त्यस अर्थमा आर्थिक रुपान्तरणको लागि जल मार्ग र थल मार्गका सुगमता ल्याउनु पर्छ । साथ साथै (एक.टि.ए.) खुला व्यापार क्षेत्र विम्स्टेकको हरेक मुलुकहरूको वीच हुनु पर्छ ।
स्मरणीय रहोस्, खुला व्यापार सम्झौतामा सानो र अल्प विकसित मुलुकहरूको आर्थिक मेरुदण्डलाई भॉच्नु हुंदैन । खुला व्यापार सम्झौता सानो र कमजोर अर्थतन्त्र भएका मुलुकहरूको सम्पन्नतालाई वढाउनु पर्छ । विम्स्टेकसंग महत्वपूर्ण चुनौती छ, त्यो हो आतंकवाद ।
नेपाल लगायत् विम्स्टेकका सम्पूर्ण सदस्यहरू आतंकवाद र उग्रवादसंग लडिरहेको छन् । त्यस अर्थमा विम्स्टेकले एउटा वडापत्रको अवधारणा विकासित गरी वंगालका खाडीका मुलुकहरूले आतंकवादसंग लड्ने साझा संकल्प गर्नुपर्छ । कूटनीतिक विश्लेषकहरूको के एउटा के पनि टिप्पणी छ भने विम्स्टेक पाकिस्तानलाई अलग थलग गर्ने एउटा कूटनीति प्रयास मात्र हो । अर्को तर्फ टिप्पणीकारहरूको अभिमत के छ भने विम्स्टेकलाई सक्रिय गराउनु नै मोदीले आफ्नो क्षेत्रीय नेतृत्वमा मोहर लगाउने प्रयास मात्र गरेको हो ।
विम्स्टेकको वारेमा अर्को आशंका के छ भने यो सार्कलाई मत्थर बनाउने प्रयास मात्र हो । विम्स्टेको विकासको लागि चीन र अमेरिकीको भूमिका के कस्तो हुनेछ भन्ने प्रश्न भविष्यको गर्भमा छ । कुटनीतिज्ञको सुझाव यो पनि छ कि सार्क जस्तै विम्स्टेकमा पनि चीनको प्रतिनिधित्व भएमा विम्स्टेकको पहिचान र भूमिका ठुलो हुन सक्छ ।
नेपालको लागि अवसरः
क्षेत्रीय संगठनहको अध्यक्षता नेपालले पहिले प्राप्त गरे तापनि यसको लाभांश लिन सकेको छैन । सार्कको निष्कृयताको पछाडि सार्क मूलुकहरू वीच रहेको आशंका मात्रै हो । नेपालले थाइल्याण्ड, श्रीलड्का, भुटान र भारतसंग वुद्ध धर्म स्थललाई विकसित वनाउनु पर्छ । नेपालमा यी राष्ट्रबाट पर्यटक भित्राउन सके पर्यटन उद्योग कछुवा जस्तो होइन खरायो जस्तो कुदन सक्छ ।
विम्स्टेकको माध्यमवाट नेपालले उच्च र दक्ष निवेशकहरूलाई आग्रह गरेर नेपाललाई हाइड्रो कल्ब बनाउनु पर्दछ । थाईल्याण्डसंग विशेष सम्वन्ध वनाई थाइल्याण्डले पर्यटक क्षेत्रमा गरेको अभूतपूर्व प्रगतिलाई पनि आत्मसात गर्नु पर्दछ । नेपालमा हुन लागेको यस्तो शिखर वैठकमा नेपालले आफ्नो राष्ट्रिय हितलाई नीतिमा प्रयोग गर्नुपर्छ ।
नेपालले सार्कको अध्यक्षमा गरे तापनि सार्कको मञ्चलाई राष्ट्रिय विकासमा प्रयोग गर्न सकेन । यस अर्थमा नेपालले यी मुलुकहरूको अनुभव र उपलव्धिलाई साटासाट गर्न भने सफल हुनुपर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij