
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्।
भर्खरै काठमाडौं ओर्लिएका मोदीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। बिम्स्टेकको चौथो शिखर सम्मेलनमा आजबाट काठमाडौंमा शुरु हुदैछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij