२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बिम्स्टेक शिखर सम्मेलन आजबाट, तीन देशका सरकार प्रमुख बिहान आउँदै

बिम्स्टेक शिखर सम्मेलन आजबाट, तीन देशका सरकार प्रमुख बिहान आउँदै


काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आजबाट राजधानीमा शुरु हुँदैछ।

दुई दिने सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन्ट मिन, भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रीपरिषद्का प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आइपुगिसकेका छन्।

आजै शुरु हुने सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुच चाओचा केहीबेरमा काठमाडौं ओर्लिँदै छन्।

बिम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई बिदासमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij