काठमाडौं । पाकिस्तानी मूलका बेलायती बक्सर आमिर खानको सेक्स भिडियो भाइरल भएको छ । यसै साता सोशल साइटमा अपलोड गरिएको सो भिडियोमा उनी महिला बक्सरसँग स्काइप च्याटमा अश्लिल हर्कत गर्दै गरेको देखिएका छन् ।
सेक्स भिडियो भाइरल भएपछि उनको चार वर्षदेखिको वैवाहिक जीवन नै संकटमा परेको छ । यद्यपि, यो भिडियो विवाह हुनुभन्दा अघिको हो । यो भिडियो सन २०१० को हुन सक्ने अनुमान गरिएको छ।
लन्डन ओलम्पिकमा बेलायतलाई रजत जिताएका आमिरले सन २०१३ मा प्रेमिका फरयाल मखदुमसँग विवाह गरेका थिए । उनीहरुका दुई सन्तान पनि छन् । आमिर मुस्लिम र मखमुद गैरमुस्लिम हुन । उनीहरुको सम्बन्ध पनि राम्रो छैन । मखदुलले यसै साता आफ्नो सासु र ससुरामाथि पारिवारिक उत्पीडनको आरोपसमेत लगाएकी थिइन् ।
आफू गैरमुसलमान भएका कारण आफूले पहिरिने कपडालाई लिएर श्रीमान र सासु ससुराले कमेन्ट गर्ने र कुटपिट पनि गरेको उनले आरोप लगाएकी थिइन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij