
काठमाडौं । साउनको अन्तिम सोमबार पशुपतिमा दिनभर दर्शनार्थीको घुइँचो लाग्यो ।
बिहान मुसलधारे पानी परिरहँदा पनि दर्शनार्थीको चहलपहल घटेन । कोही छाता ओढेर र कोही भिज्दै लाइनमा उभिए । बोलबममा पुरुषहरुको सहभागिता भए पनि पूजा गर्नेको लाइनमा भने महिलाको संख्या धेरै देखिन्थ्यो । पशुपतिको मन्दिर भित्र र बाहिर पनि दिनभर महिला दर्शनार्थीको चहलपहल भैरह्यो ।
साउनको सोमबार विशेषगरी महिलाहरु व्रत सहित भगवान शिवको पूर्जा अर्चना गर्छन् । साउनको अन्तिम सोमबार साउनभरीको व्रत समापन गर्ने चलन छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij