२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मेक्सिकोमा ९७ जना यात्रु सवार विमान दुर्घटना

मेक्सिकोमा ९७ जना यात्रु सवार विमान दुर्घटना


मेक्सिको । मेक्सिकोको दुरंगोमा विमान दुर्घटनामा परेको छ । दुरंगो ग्वादालूपे भिक्टोरिया अन्तराष्ट्रिय विमानस्थलबाट राजधानी मेक्सिको सिटीका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । एयरोमेक्सिकोको विमान विमानस्थलबाट उडान भरेको ५ मिनेटमै दुर्घटनामा परेको र दुर्घटनाका कारण मानवीय क्षति भने नभएको दुरंगो राज्यका गभर्नरले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

दुरंगोका गभर्नर होसे एइसपुरोले ट्विट गरेर ९७ जना यात्रु लिएर चार जना चालक दल सवार विमान दुर्घटनामा परेको पुष्टि गर्दै दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेहरुको उपचार भइरहेको बताएका छन् । एयरपोर्ट अपरेटरले प्रारम्भीक अनुसन्धानका क्रममा खराब मौसमका कारण विमान दुर्घटनामा परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij