
नयाँ दिल्ली । यस वर्ष अविरल वर्षा र बाढीका कारण भारतका पाँच राज्यमा ५३७ जनाको मृत्यु भएको छ। भारतको गृहमन्त्रालयका अनुसार बाढीका कारण सबैभन्दा धेरै महाराष्ट्रमा १३९ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा उत्तर प्रदेशमामात्र ५९ जनाको मृत्यु भएको छ। आइतवारबाट अविरल वर्षा भइरहेको उक्त क्षेत्रमा आगामी सोमवारसम्म वर्षा हुने मौसम विभागले जनाएको छ।
असममा बाढीबाट १० लाख मानिस प्रभावित भएका छन्। महाराष्ट्रका २६ जिल्ला, बंगालका २२ असमका २१ र गुजरातको १० जिल्ला बाढीबाट प्रभावित रहेको छ। बाढीबाट केरलमा १२५ बंगालमा ११६ गुजरातमा ५२ र असममा ३४ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ।
हरियाणाद्वारा हथिनी कुण्डबाट पानी छाडेकाले यमुना नदीमा पानी बढेकाले दिल्लीमा बाढीको अलर्ट जारी गरिएको छ। यहाँको पानी खतराको संकेटभन्दा ०.०९ माथि आएको समाचारहरुमा उल्लेख छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij