२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

त्रिशुली दुर्घटना अपडेटः ७ को मृत्यु, ३ जनाको सनाखत

त्रिशुली दुर्घटना अपडेटः ७ को मृत्यु, ३ जनाको सनाखत

चितवन । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशुलीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सो दुर्घटनामा अन्य २० जना भन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा एक बालक, दुई महिला र चारजना पुरूष रहेका छन् । चितवन प्रहरीले मृत्यु भएका तीन जनाको सनाखत भएको जानकारी दिएको छ ।

सनाखत भएकामा तनहुँ भानु नगरपालिका–५ का २७ वर्षीय सुनिल श्रेष्ठ, तनहुँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी र काठमाडौंका ३० वर्षीय रविन गुरुङ रहेका छन् ।

ना ६ ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर करिब सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

घाइतेहरुको पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij