२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

देशैभरका चिकित्सक अनशन बस्ने, भोलि देखी ओपीडी बहिस्कार गर्ने

देशैभरका चिकित्सक अनशन बस्ने, भोलि देखी ओपीडी बहिस्कार गर्ने

काठमाडौं । नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै भोलि (मंगलबार) बाट आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै देशैभरका अस्पतालहरुका चिकित्सकहरुले आ–आफ्नो अस्पतालमा रिले अनशन र्याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्न निर्देशन दिएको छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीको मागमा सरकार गम्भीर नभएकाले अब देशैभरका अस्पताल, नर्सिङ होम, स्वास्थ्य संस्थाका सम्पूर्ण कर्मचारी चिकित्सकहरुले आकस्मिक बाहेकको सेवा ठप्प पारेर रिले अनशन बस्ने बताए ।

उनले भने, “काठमाडौं उपत्यकाको हकमा भोलिबाट नेपाल चिकित्सक संघका पदाधिकारीसहित सम्पूर्ण चिकित्सकहरु बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजेसम्म अनसन बस्नेछौं ।”

संघका महासचिव लोचन कार्कीले देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बिल बहिष्कार गर्ने बताए । उनले भने, “बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी वैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिनेछ ।”

त्यसैगरी, रेजिडेन्ट चिकित्सकहरु सोमबार नै आकस्मिक बाहेकका सेवा बन्द गरी आन्दोलनमा उत्रेका छन् । संघले रेजिडेन्ट चिकित्सकहरुले गरेको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेको संघले जनाएको छ ।

वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरुले डा.गोविन्द केसीको मागप्रति सरकार अझै पनि गम्भीर नभएको भन्दै आकस्मिक र आईसीयू बाहेकको सेवा बन्द गरिएको रेजिडेन्ट चिकित्सक एशोसिएशनका अध्यक्ष डा. सुमित पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij