२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बालकोनीमा उभिएर अभिषेकले प्रेम प्रस्ताव राखेका थिए ऐश्वर्यालाई

बालकोनीमा उभिएर अभिषेकले प्रेम प्रस्ताव राखेका थिए ऐश्वर्यालाई

मुम्बई । बलिउड ‘स्टार कपल’ अभिषेक बच्चन र ऐश्वर्या रायको २० अप्रित २००७ मा विवाह भएको थियो । अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखेको पल सम्झँदै ट्वीट गरेका छन्, ‘१० वर्षअघि आजकै दिन मैले न्युर्योर्कमा बाल्कोनीमा बसेर ऐश्वर्यालाई प्रस्ताव राखेको थिँए ‘मसँग विवाह गछ्र्यौ’ भन्ने प्रश्नको ऐश्वर्याले तत्कालै जवाफ दिएकी थिइन्, ‘हुन्छ’ भनेर ।

मणिरत्नमको फिल्म ‘गुरु’ को प्रिमियरपछि अभिषेकले ऐश्वर्यालाई प्रस्ताव राखेका थिए । अहिले उनीहरूकी एक छोरी अराध्यसमेत छिन् । हिन्दी चलचित्र ‘ढाई अक्षर प्रेम’ मा ऐश्वर्या र अभिषेकले पहिलोपटक सँगै काम गरेका थिए । त्यसपछि ‘उमराव जान’ मा काम गरे भने सोही चलचित्रमा काम गर्ने क्रममा उनीहरू नजिकिएका थिए ।

सन् २००२ मा करिश्मा कपुर र अभिषेक बच्चनको मगनी भएको थियो । उनीहरूको विवाह नहुँदै सम्बन्ध टुटेको थियो । त्यसको चारवर्षपछि अभिषेक ऐश्वर्याले सम्बन्ध गाँसेका थिए । ऐश्वर्याले अभिषेकसँग विवाह गर्नुअघि काशीको संकट मोचन मन्दिरमा गएर मांगलिक दोष काटेकी थिइन् । मन्दिर परिसरमा रहेको बर र पीपलसँग ऐश्वर्याको पहिलो विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij