नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी भन्छन्, पर्यटन प्रवद्धकमा सम्पूर्ण अधिकार पर्यटन वोर्डलाई नै दिइनुपर्छ । नेपालमा पर्यटनकाे विकासकाे निम्ति प्रवर्धनमा लागेकाे नेपाल पर्यटन वाेर्ड अहिले अान्तरिक पर्यटनकाे प्रवर्दनमा लागेकाे उनकाे भनार्इ छ ।
नेपालमा भूकम्प र नाकाबन्दीको कारण पर्यटन क्षेत्र शिथिल भएको थियो । यसले गर्दा पर्यटनका गतिविधिहरुमा निकै कमी आएको थियो । तर अहिलेको अवस्थामा नेपालमा पर्यटनका गतिविधिहरुले पुःन गति लिँदैछन् । नेपालमा भूकम्पको कारण शिथिल भएको पर्यटनलाई पुन राम्रो बनाउनको निम्ति हामीले नेपालको पर्यटनको बजारीकरण र प्रवद्धनको निम्ति निकै महत्वको साथ काम गरिरहेका छौं ।
आन्तरिक पर्यटकको समेत ठूलो महत्व हुने भएको कारणले गर्दा यो बर्ष २०७३ लाई आन्तरिक पर्यटन प्रवद्धन बर्षको रुपमा अघी बढाउने योजनामा छौं हामी । नेपालमा भूकम्प आएपश्चात् भूकम्पले कुनै प्रभाव नपारेका क्षेत्रहरु पोखरा, चितवन लगायतका क्षेत्रहरुमा समेत पर्यटकको आवागमन निकै नै घट्यो । नेपालमा नयाँ संविधान आएपश्चात् नेपालमा विकास निर्माणको वातावरण बन्छ भन्ने किसिमले व्यवसायीहरुले लगानी बढाइरहेका बेला स्वाट्टै पर्यटकको सङ्ख्या घट्दा त्यसले नकारात्मक असर पार्यो ।
यस्तो अवस्थामा आन्तरिक पर्यटनलाई विशेष जोड दिनुमा नेपालमा नै भएका पर्यटकहरुले अर्को ठाउँ चिन्ने अवसर मिल्ने, पर्यटकको प्रवद्र्धन हुने र पर्यटकको विविधिकरण हुने मात्र नभइ यसलाई सीमित ठाऊँ भन्दा बाहिर पु¥याउन सकिने भएको कारण हामीले यो कार्यक्रमलाई अघी बढाएका हौं । विगतमा १५ सय देखि २ हजारको सङ्ख्यामा पर्यटकहरु जाने रारामा अहिले ४० हजारको सङ्ख्यामा पर्यटकहरु पुगिसकेका छन् । अहिले नेपालका दुर्गम क्षेत्रहरुमा समेत पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । यसले अन्तराष्ट्रिय पर्यटकहरुलाई पनि टेवा पु¥याएको हामीले बुझेका छौं ।
नेपाल पर्यटन वोर्डको म कार्यकारी प्रमुखको रुपमा आइसके पश्चात् नेपालको पर्यटनको निम्ति नयाँ बजारको पहिचान गर्ने उद्देश्यले अमेरिका, रसिया, इण्डोनेसिया, भियतनाम, म्यानमार लगायतका देशहरुमा प्रवद्धनको निम्ति पनि हामीले काम गरेका छौं । अहिलेको समय बमोजिम डिजिटल मार्केटिङको काम पनि हामीले गरिरहेका छौं ।
यसबाहेक हामीले अन्तराष्ट्रिय मिडिया तथा सेलिब्रेटीहरुलाई नेपालमा बोलाएर पनि नेपालभित्रका विभिन्न ठाऊँहरुमा भ्रमण गराउने काम पनि ग¥यौं । यसको साथै हामीले पश्चिमका व्यवसायीहरुलाई दिल्ली, देहरादुन लगायत र पूर्वका व्यवसायीहरुलाई कलकत्ता, सिलगुडी, सिक्किम लगायतका ठाऊँहरुमा जोड्ने प्रयाश गरेका छौं । गैह्र आवाशिय नेपाली (एनआरएन)हरु ठूलो सङ्ख्यामा विदेशमा रहँदै आएकोमा उहाँहरुसँग सहकार्य गर्ने काम पनि हामीले गर्दै आएका छौं ।
नेपालको पर्यटनलाई थप व्यवस्थित बनाउनको निम्ति हामीले जसरी भएपनि सङ्ख्यात्मक रुपमा नै पर्यटकको सङ्ख्या बढोस् भन्ने किसिमले काम ग¥यौं । तथ्याङ्कको हिसाबले हेर्ने हो भने यस बर्ष नेपालमा आउने पर्यटकहरुको सङ्ख्यामा करिब २५ प्रतिशतले वृद्धि भएको छ । आगामी दिनमा यसलाई अझ बढाउनु जरुरी छ । नेपालमा अहिले आइरहेका पर्यटकहरुको सङ्ख्या आफैंमा न्यून हो । यसको साथसाथै नेपालमा आउने पर्यटकले गर्ने खर्च बढी गर्न सक्ने किसिमका गुणस्तरीय पर्यटकलाई भित्र्याउनको निम्ति विशेष जोड दिएका छौं ।
नेपाल सरकारले पर्यटनलाई राष्ट्रको विकासको निम्ति महत्वपुर्ण सूची मध्ये पर्यटनलाई पनि राखेको छ । मेजर सोर्स मार्केटको पहिचान गर्ने र त्यसै बमोजिम अघी बढ्नु हाम्रो अबको प्राथमिकता हुनुपर्छ । नेपालमा अहिले पनि १५ देखि २० प्रतिशत बजार हिस्सा ओगटेको पर्यटन क्षेत्रमा विशेष तवरले जोड दिनु जरुरी छ ।
देशको सुन्दर छविको प्रचार गर्नुको साथै प्रकृतिमैत्री क्षेत्र समेत पर्यटन भएको कारण हामीले यस क्षेत्रलाई नयाँ ढङ्गले अघी बढाउनु जरुरी छ । यद्यपि विगत ३÷४ बर्ष हामीले आन्तरिक कारण समेतले गर्दा काम गर्न सकेनौं । अहिले म नयाँ कार्यकारीको रुपमा आएको पनि १ बर्ष भएको छ । यस्तो अवस्थामा हामी माथि निकै ठूलो आशा छ । यद्यपि अहिलेको अवस्थामा नेपालमा काम गर्नको निम्ति हामीसँग जनशक्ति निकै थोरै छ । यसले गर्दा लोकसेवा आयोगले हामीलाई कर्मचारी विस्तारको निम्ति अनुमति पनि दिइसकेको छ ।
नेपालमा पर्यटन क्षेत्रका हरेक काममा नेपाल पर्यटन वोर्डलाई नै पुकार्दै आइएको छ । नेपालमा पर्यटक वृद्धि गर्ने र नेपालको विश्वबजारमा प्रचार गर्ने काम हामीले गर्नु जरुरी छ । तर अहिले नेपालमा भएका अन्य निकायहरुको र हाम्रो जिम्मेवारी छुट्याएर नेपाल आकर्षक गञ्तव्य मुलुक हो भन्ने मान्यता स्थापना गराउने सम्पुर्ण अधिकार नेपाल पर्यटन वोर्डलाई नै दिनु जरुरी छ । हामी त्यही दिशामा केन्द्रित छौं । यसैकारण अहिले हामीले नयाँ मार्केटको पहिचान गर्ने, नयाँ सेगमेन्टको पहिचान गर्ने, विजनेश कम्युनिटी र युवाहरुले धेरै भ्रमण गर्ने भएका हुनाले उनीहरु सबै सँग समन्वयन गरेर नै अघी बढ्ने योजनामा छौं ।
नेपाले पर्यटकहरुको निम्ति पहाड र हिमालको मात्र देश होइन । नेपालको सांस्कृतिक पक्ष पनि त्यत्ति नै बलियो छ । बहुसङ्ख्यक जातीहरु, नेपालको धार्मिक महत्व, मठमन्दिरहरु लगायतका कारणहरुले समेत नेपाल निकै राम्रो सम्भावना बोकेको मुलुक हो भन्ने किसिमले प्रचार प्रसार गर्नको निम्ति हामीले विशेष जोड दिएका छौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij