काठमाडौं । बलिउड अभिनेत्री प्रियका चोपडाले निर्माण गर्न लागेको सिक्किम बेस्ड नेपाली सिनेमा पौवामा अभिनेत्री मन्जु क्षत्री छनौट भएकी छिन् । सन् २०१३ देखि अभिनय यात्राको थालनी गरेकी मन्जुले नेपाली टेलिसिरियल मेरी बास्सैमा खड्का जीकी कान्छी श्रीमतीको भूमिका निभाएकी थिईन् ।
प्रियंका चोपडाको सिनेमामा मन्जु अडिशन पछि फाईनल भएकी हुन् । मन्जुले सिक्किम मनिपाल विश्वबिद्यालय एम बि ए सकेकी छिन् । प्रियंका चोपडाको होम प्रोडक्शन पर्पल पेबलबाट छनौट भएको भन्दै फोन आउँदा आफूलाई निकै खुसी लागेको मन्जुले जानकारी दिएकी छिन् ।
पर्पल पेबलमा अहिले प्रियंकाकी आमा मधु चोपडा प्रमुख छिन् । फेबु्रअरी पहिलो सातादेखि वर्कशप सुरु हुने यो सिनेमाका लागि अझैँ पाँच जना कलाकारहरुको खोजी भईरहेको छ । सिनेमामा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग भएका दुई बालबालिकाको कथालाई समेटिने छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij