२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चलचित्र विकास बोर्डबाट निकिता पदमुक्त

चलचित्र विकास बोर्डबाट निकिता पदमुक्त

काठमाडौँ । चलचित्र विकास बोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेल पदमुक्त भएकी छिन्। सात महिना नबित्दै उनको पद खोसिएको हो।

शेरबहादुर देउवाको सरकार हुँदा मंसिर २५ गते उनी अध्यक्षमा नियुक्त भएकी थिइन्। सञ्चार मन्त्रालयले उनलाई आइतवार पदमुक्त भएको पत्र थमाएको छ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले गत १४ भदौदेखि २ फागुनसम्म देउवाको सरकारले गरेको सबै राजनीतिक नियुक्तिलाई क्याबिनेटबाट बदरको निर्णय गरेपछि निकिता पद खोसिएको हो। उनले शनिवार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्।

अध्यक्षबाट निकितासँगै बोर्ड सदस्य विजय देउजा पनि पदमुक्त भएका छन्। यस्तै देउवा सरकारले नै नियुक्त गरेका चलचित्र सेन्सर बोर्डका दुई सदस्य/कलाकार देवीराम पराजुली र उमेश खड्का पनि पदमुक्त भएका छन्।

निकिता बोर्ड अध्यक्षबाट मुक्त हुनासाथ नयाँ अध्यक्ष चयन तयारी सुरु भएको छ। बोर्ड सदस्य नरेन्द्र महर्जन र अशोक प्यासी राईको कार्यकाल पनि यसै साता सकिँदैछ। यसरी चलचित्र विकास बोर्डमा अध्यक्षसहित ६ पद रिक्त हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij