२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राष्ट्रियसभाको बैठक शुरु, मन्त्रीहरूले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै

राष्ट्रियसभाको बैठक शुरु, मन्त्रीहरूले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकका लागि तय गरिएको कार्यसूची अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, सहरी विकास, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सम्बन्धमा उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।

त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयमा विनियोजन गरिएको बजेटको विषयमा सदस्यहरुले राखेका जिज्ञासाको पनि सम्बन्धित मन्त्रीबाट जवाफ दिइने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमा प्रस्तुत गर्न कटौतीको प्रस्तावलाई पनि सदनमा निर्णयार्थ प्रस्तुत गर्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij