
काठमाडौ । १७ औँ विश्व संस्कृत सम्मेलनमा सहभागी हुन जाँदै गरेका नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई विमानस्थलबाटै समातेर फिर्ता गराएको विषयमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिएका छन्।
कांग्रेसका सांसदहरुले शून्य समय र प्रश्नउत्तरको समयमा उपकूलपति बारे प्रश्न उठाएका थिए।
आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री थापाले उपकुलपतिले अनुमति नलिई विदेश जान लागेको हुनसक्ने भएर रोकेको बताएका छन्।
गृहमन्त्री थापाले भने,’विदेश भ्रमणका कुनै पनि कार्यक्रमका लागि सरकारको अनुमति लिएर जानुपर्ने हुन्छ। अनुमति बिना जानुहुँदैन भन्ने सरकारको नीति छ। गृह मन्त्रालयमा अझ यसबारे जानकारी आइसकेको छैन। कुलपतिको अनुमति वा सरकारको अनुमति बिना जान लागेकोले उहाँलाई रोकिएको भन्ने अपुष्ट जानकारी आएको छ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij