२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ब्राजिलको आत्मघाती गोल, बेल्जियम १–० गोलले अघि

ब्राजिलको आत्मघाती गोल, बेल्जियम १–० गोलले अघि

एजेन्सी । विश्वकप फुटबलको दोस्रो क्वार्टरफाईनलमा अहिले ब्राजिल र बेल्जियमबीचको खेल भइरहेको छ ।

कजान एरिनामा जारी खेलमा बेल्जियमले सुरुवाती अग्रता बनाएको छ । बेल्जियमले आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको हो । खेलको १३ औं मिनेटमा फर्नानडिन्होले आत्मघाती गोल गरेका हुन् । कर्नर बल क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

दुवै टोलीको लक्ष्य जित हात पार्दै अन्तिम ४ मा प्रवेश गर्ने रहेको छ । खेलको विजेताले फाईनल प्रवेशकालागि फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ ।

स्वर्णीम पुस्ताले भरिएको बेल्जियम दोस्रो पटक विश्वकप फुटबलको सेमिफाईनल पुग्ने लक्ष्यमा छ ।

यसैबीच, डिफेन्डर मार्सेलोले ब्राजिली टिममा पुनरागमन गरेका छन् । बेल्जियमविरुद्ध भिड्दै गर्दा मार्सेलोले ब्राजिली टिममा पुनरागमन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij