
एजेन्सी । रसिया जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिल र बेल्जियमबीचको खेल सुरु भएको छ । दुबै टिम जित हात पार्दै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा छन् ।
ब्राजिल र बेल्जियमबीचको खेल रसियाको कजान एरिनामा सुरु भएको हो ।
प्रि–क्वाटरफाइनल खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, बेल्जियमले जापानलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भने कोष्टारिकामाथि २–० गोलको जित निकालेको ब्राजिलले समूह चरणको अन्तिम खेलमा सर्बियालाई पनि २–० गोलले पराजित गरेको थियो । ब्राजिलको जितमा, नेयमार, फिलिपे कौटिन्हो, थिएगो सिल्भा नायक बन्दै आएका छन् ।
बेल्जियम भने समूह चरणको सबै खेलमा जित हात पारेको थियो । पहिलो खेलमा पानामालाई ३–० गोलले, दोस्रो खेलमा ट्युनिसियालाई ५–२ गोलले र अन्तिम खेलमा इंग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको थियो । बेल्जियमको जितमा रोमेलु लुकाकु, इडन हर्जाडको मुख्य भूमिका रहदै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij