
मुम्बई । हलिउडमा काम गरेर चर्चामा आएकी बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वकै ‘हट महिला २०१८’ घोषित भएकी छन् । सन् २००० मा विश्वसुन्दरी घोषित भएकी प्रियंका बेलायतबाट प्रकाशन हुने ‘म्याक्सिम’ म्यागेजिनले तयार पारेको विश्वका सय हट महिलाको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएकी हुन् ।
यसअघि पनि उनी चारपटक हटेस्ट महिला घोषित भइसकेकी छन् । सेतो पहिरनमा सजिएकी ३५ वर्षीया यी अभिनेत्रीको तस्बिरलाई म्यागेजिनले आवरण पृष्ठमा छाप्दै ‘प्रियंका चोपडा दी हटेस्ट वुमन अन दी प्लानेट’ भनेर लेखेको छ ।
पछिल्लो समय अमेरिकी गायक प्रेमी निक जोन्ससँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी उनी अहिले प्रेमीको सांगीतिक कार्यक्रममा साथ दिन ब्राजिल पुगेकी छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij