२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

म्यानचेष्टर सिटीकाे इभर्टनसँग लज्जास्पद हार

म्यानचेष्टर सिटीकाे इभर्टनसँग लज्जास्पद हार

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले इभर्टनसँग लज्जास्पद हार व्यहारेको छ । आइतबार राति भएको खेलमा बलियो टोली सिटीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको इर्भटनले ४–० को जित निकालेको हो ।

बल पोजिसज सिटीको ७१ प्रतिशत थियो । तर, उसले सिमित अवसर मात्र सृजना गर्न सक्यो । र, गोल गर्न सकेन । ठीक विपरित गोलका लागि ६ प्रयास गरेको इभर्टन चारमा सफल भयो ।

घरेलु मैदानमा भएको खेलमा इभर्टनले ३४ औं मिनेटमा लुकाकुको गोलबाट अग्रता लिएको थियो । ४७ औं मिनेटमा केभिन मिरालासले गोल गरे भने ७९ औं मिनेटमा भेडिस र अतिरिक्त समयमा लुकमानले गोल गर्दै इभर्टनलाई ४–० को जित दिलाए ।

यो हारसँगै सिटी उपाधि होडबाट बाहिरिएको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij