२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गुफाभित्र फसेका किशोरहरुलाई निकाल्न सरकारले जोखिम नमोल्ने

गुफाभित्र फसेका किशोरहरुलाई निकाल्न सरकारले जोखिम नमोल्ने

काठमाडौं। उत्तरी थाइल्याण्डको गुफामा फसेका १२ किशोर र उनीहरूका फुटबल प्रशिक्षकको उद्धारमा कुनै जोखिम नमोलिने अधिकारीहरुले प्रष्ट गरेका छन् ।

उत्तरी थाइल्याण्डको बाढीग्रस्त गुफामा फसेका स्कूले केटा र तिनका फुटबल प्रशिक्षकले १० दिनपछि पहिलो पटक खानेकुरा र औषधि पाएका छन् ।

चियाङ राइको गुफाभित्र फसेका उनीहरुलाई खाना र औषधि पु‍¥याउन एक डाक्टर र एक नर्ससहित सातजना गोताखोर गुफामा पुगेका छन् ।

उनीहरुलाई चिकित्सकको निगरानीमा पचाउन सजिलो हुने खानेकुरा, भिटामिन र खनिज दिइएको जनाइएको छ । नयाँ भिडियोमा उनीहरुको स्वास्थ्य राम्रो रहेको देखिएको जनाइएको छ ।

हराएको नवौं दिनमा जीवितै फेला पारिएका उनीहरुलाई बाहिर निकाल्न शून्य जोखिमको रणनीति लिइने अधिकारीहरुले जनाएका हुन् ।

त्यस क्षेत्रमा थप वर्षा भएमा पानीको भेल बढेर गुफाको हावा भरिएको भागमा जोखिम बढ्ने हो कि भन्ने त्रास पनि बढेको छ ।

फसेका किशोरहरुलाई आफन्तजनसँग कुराकानी गर्न सहज बनाउन गुफाभित्र टेलिफोन जडान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij