२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो : फोर्सवर्गको निर्णायक गोलले स्विडेन क्वार्टरफाइनलमा

स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो : फोर्सवर्गको निर्णायक गोलले स्विडेन क्वार्टरफाइनलमा

एजेन्सी । स्विडेन रुसमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रि क्वार्टरफाईनलमा स्विजरल्याण्डलाई १ – ० गोल अन्तरले पराजित गर्दै स्विडेन क्वाटरफाइनलमा पुगेको हो ।

सेन्ट पिटर्सबर्ग स्टेडियममा स्विडेनले दोस्रो हाफमा गोल गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । खेलको ६६ औं मिनेटमा इमील फोर्सवर्गको गोलबाट स्विडेनले जित निकालेको हो । उनको कडा प्रहार स्विस डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij