२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बाढीले माडीको रौतनी खोलाको पुल भासियो, माडी–ठोरी सडकखण्ड अवरुद्ध

बाढीले माडीको रौतनी खोलाको पुल भासियो, माडी–ठोरी सडकखण्ड अवरुद्ध

चितवन । अविरल वर्षाका कारण चितवनको माडीका अधिकांश खोलामा पानीको बहाब बढेको छ ।

पानीको बहाब बढेपछि माडी–ठोरी सडकखण्ड अवरुद्ध बनेको छ । अधिकांश खोलामा पुल नभएकाले यातायात सेवा अवरुद्ध हुँदा आवातजावतमा समस्या भएको छ ।

पानीको बहाब बढेकाले माडीको रौतनी खोलाको पुल भासिएको छ । माडीको अधिकांश क्षेत्र जलमग्न भएकाले उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

जिल्लाको माडी क्षेत्र वर्षेनी बाढीको चपेटामा पर्ने गरेको छ । गतवर्ष पनि माडीमा बाढीले ठूलै जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij