२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

‘वीरङ्गना’ दुलहीको पहिरनमा शिल्पा पोख्रेल

‘वीरङ्गना’ दुलहीको पहिरनमा शिल्पा पोख्रेल

काठमाडौं । फिल्म ‘वीरङ्गना’ टिमले प्रचार सामाग्री सार्वजनिक गरेको छ। फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा निर्माण टिमले केही तस्वीर सार्वजनिक गरेका छन्। तस्वीरमा फिल्मका कलाकार अनुप विक्रम शाही र शिल्पा पोख्रेल बिबाहको पहिरणमा फिचर्ड छन्।

फिल्ममा उनीहरुसँगै पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्र्व कोईराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा लगायतको अभिनय छ ।

एक्सन विधामा बनेको यस फिल्ममा राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको छ। फोर्थ आई मुभिजको ब्यानरमा बनेको फिल्मका निर्मातामा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार,देव तामाङ र बिमला भट्ट रहेका छन्।

फिल्ममा दिपकशर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ ।

फिल्म असार २९ बाट प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij