२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विश्वकप २०१८

ब्राजिल समूह बिजेता बन्दै नकआउट चरणमा

ब्राजिल समूह बिजेता बन्दै नकआउट चरणमा

एजेन्सी । ब्राजिल समूह बिजेता बन्दै रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सर्बियालाई २ – ० ले हराउदै ब्राजिल समूह बिजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्पार्टक रंगशालामा ब्राजिललाई जित दिलाउन पाउलिन्हो र थियागो सिल्भाले समान एक एक गोल गरे । जितसँगै ब्राजिलले समूह ई बाट ७ अंक जोड्यो । ३ अंक जोडेको सर्बिया समूह चरणबाट बाहिरियो ।

खेलमा ब्राजिलले पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरेको थियो । पहिलो हाफमा १ – ० ले अघि रहेको ब्राजिलले ६८ औं मिनेटमा अग्रता दोब्बर बनाएको हो । नेयमारले प्रहार गरेको कर्नर बलमा थियागो सिल्भाले उत्कृष्ट हेड गोल गरेका थिए ।

यसअघि खेलको ३६ औं मिनेटमा कौटिन्होको पासमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij