२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अष्ट्रेलियाविरुद्ध पेरु २–० गोलले अघि

अष्ट्रेलियाविरुद्ध पेरु २–० गोलले अघि

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा अष्ट्रेलियाविरुद्ध पेरुले २–० गोलको अग्रता बनाएको छ । पहिलो हाफमा १ गोलले अघि रहेको पेरुले दोस्रो हाफको ५० औं मिनेटमा गोल गर्दै दोब्बर अग्रता बनाएको हो ।

पेरुका लागि खेलको ५० औं मिनेटमा पाउलो गुइरेरोले गोल गर्दै अष्ट्रेलियाविरुद्ध २–० गोलको अग्रता दिलाएका हुन् । यसअघि खेलको १८ औं मिनेटमा आन्ड्रे कारिल्लोले गोल गर्दै पेरु १–० गोलको अग्रता दिलाएका थिए ।

फिष्ट रंगशलामा पेरुविरुद्ध अष्ट्रेलियाले राम्रो खेल्न सकिरहेको छैन । अष्ट्रेलियाले पनि गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।

अष्ट्रेलियाले २ खेलमा एक खेलमा जित र एक खेलमा हार ब्यहोर्दै १ अंक बटुलेको छ । यता, पेरु भने दुबै खेलमा पराजित हुैद यसअघि नै समूह चरणमाबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij