२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सेनेगललाई रोक्यो जापानले, नकआउट चरणमा पुग्ने जापानको बलियो सम्भावना

सेनेगललाई रोक्यो जापानले, नकआउट चरणमा पुग्ने जापानको बलियो सम्भावना

मस्को । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा जापानले सेनेगलसँग बराबरी खेलेको छ । जापानले बलियो प्रतिद्धन्दी सेनेगललाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

जापानका लागि ७८औं मिनेटमा केइसुके होन्डाले गोल गर्दै सेनेगलविरुद्ध २–२ गोलको बराबरीमा पुर्याएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि दुबै टिमले बराबरी खेल्दै १–१ अंक बाँडेको छ ।

यसअघि मौसा वागुइले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । खेलको ७१औं मिनेटमा मौसाले गोल गरे । सेनेगल र जापानले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका थिए । खेलको ११औं मिनेटमा साडिओ मानले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । खेलको ३४औं मिनेटमा टाकाशी इमुइले गोल गर्दै जापानलाई बराबरीमा पुर्याएका थिए ।

२ खेलमध्ये १ खेलमा जित र १ खेलमा बराबरी खेलेको जापानको ४ अंक भएको छ । त्यस्तै, समान २ खेल खेलेको सेनेगलले पनि १ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ४ अंक बनाएको छ । नकआउट चरणमा पुग्ने सम्भावना दुबैको बलियो भएको छ । जापानले समूह चरणको अन्तिम खेल पोल्यान्डसँग खेल्दा सेनेगलले बलियो प्रतिद्धन्दी कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij