२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पानामामाथि गोल वर्षा गर्दै इङ्ल्याण्ड नकआउट चरणमा,ह्यारी केनको ह्याट्रिक

पानामामाथि गोल वर्षा गर्दै इङ्ल्याण्ड नकआउट चरणमा,ह्यारी केनको ह्याट्रिक

मस्को । रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत पानामा विरुद्ध गोल वर्षा गर्दै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ। नोभगोरोड स्टेडियमा इंग्ल्यान्डले पानामामाथि ६-१ को अन्तरमा खेल जित्दै दोस्रो चरणमा प्रवेश गर्‍यो।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे। त्यस्तै स्टोनले २ तथा लिङ्गार्ड एक गोल गरे।

खेलको आठौं मिनेटमा स्टोनले गोल गर्दै इङ्ल्याण्डले सुरूवाती अग्रता दिलाएका थिए।

खेलको २१ औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।

३६ औं मिनेटमा लिङ्गार्डले गोल गर्दै इङ्ल्याण्डलाई ३–० को स्थितिमा पुर्‍याए। स्टोनले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा ४-० को अग्रता पुर्‍याउँदा पहिलो हाफको इन्जुरी समयमा केनले पेनाल्टीमै गोल थप्दै अन्तर ५-० मा पुर्‍याए।

पहिलो हाफ ५-० ले पछि परेको पानामाले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल रोक्न सकेन।

खेलको ६२औं मिनेटमा केनले गोल गर्दै ह्याट्रिक पुरा गरे।

खेलको ७८ औं मिनेटमा पानामाका कप्तान बालोएले सान्तवाना गोल फर्काए।

जारी विश्वकपमा उनी दोस्रो ह्याट्रिक गर्ने खेलाडी हुन्। यसअघि पोर्चुगलका कप्तान रोनाल्डोले स्पेनविरूद्ध ह्याट्रिक गरेका थिए। जारी विश्वकपमा केनले ५ गोल गरिसकेका छन्।

रोनाल्डो र लुकाकुले ४-४ गोल गरिसकेका छन्।

समूह जी मा रहेको इंग्ल्यान्डको पहिलो खेलमा ट्निसियालाई हराएङ्को थियो।

यता पहिलो खेलमा बेल्जियमसँग पराजित भएको पानामा दुई खेलमा पराजित हुँदै अन्तिम खेल अगावै विश्वकपको अन्तिम १६ दौडबाट बाहिरिएको छ।

अब समूह चरणको अन्तिम खेलमा इङल्याण्डले बेल्जियमसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij