२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मेसीको विरोध गरेकोमा बार्सिलोनाले निलम्बन गर्‍यो खेलकुद विभाग प्रमुखलाई

मेसीको विरोध गरेकोमा बार्सिलोनाले निलम्बन गर्‍यो खेलकुद विभाग प्रमुखलाई

म्याड्रिड । लिओनल मेसीको विषयमा अनावश्यक टिप्पणी गरेको आरोपमा बार्सिलोनाले आफ्नो खेलकुद विभाग प्रमुख पेरे ग्राटाकोसलाई निलम्बन गरेको छ।

क्लबमा लिओनल मेसीलाई कम महत्व दिदैं ग्राटाकोसले शुक्रबार विवादास्पद प्रतिक्रिया दिएका थिए। ग्राटाकोसले अर्जेन्टिनाबाट किशोर अवस्थामा मेसी बार्सिलोना आउँदा ला मेसियामा २ वर्ष प्रशिक्षण दिएका थिए।

उनले गत बुधबार राती एथलेटिक विलबाओलाई ३–१ ले पराजित गरेको खेलमा बार्सिलोनालाई कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गराउन मेसीले गरेको निर्णायक गोलको पनि अवमूल्यन गरेका थिए।

कोपा डेल रेको पहिलो लेगको खेलमा २–१ ले पराजित भएको खेललाई उल्टाउँदै बार्सिलोनाले ३–१ ले नयाँ नतिजा निकाल्दै समग्रमा ४–३ गोलको अग्रता बनाउदै क्वाटरफाइनल प्रवेश गरेको थियो।

यस खेलमा बार्सिलोनालाई लगातार सातौं वर्ष कोपा डेल रेको क्वाटरफाइनल पुर्याउन मेसीले तेस्रो तथा निर्णायक फ्रिकिक गोल गरेका थिए। तेस्रो गोल मेसीले नगरेको भए बार्सिलोना क्वाटरफाइनल प्रवेश गर्ने थिएन।

५ पल्ट फिफा वर्ष खेलाडी घोषित भइसकेका मेसीले यो सिजन २३ खेलमा २६ गोल गरिसकेका छन्। तर, ग्राटाकोसले मेसीको अवमूल्यन गर्दै क्लबका अन्य खेलाडी बिना मेसीको अस्तित्व नभएको प्रतिक्रिया दिएका थिए।

मेसीको अनुबन्धको विषयमा विभिन्न हल्ला चलिरहेको बेला शुक्रबार मात्र क्लबका अर्का स्टार स्ट्राइकर लुइस सुआरेजले आफ्नो समकक्षीको तारिफ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij