२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोस्टारिकाविरुद्व ब्राजिलको संघर्षपूर्ण जित

कोस्टारिकाविरुद्व ब्राजिलको संघर्षपूर्ण जित

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ खेलमा कोस्टारिकाविरुद्व ब्राजिलले अन्तिम समयमा २–० गोल गर्दै जित निकालेको छ ।

खेलको ९१ औं मिनेटमा ब्राजिलका खेलाडी फिलिप कोन्टिन्होले पहिलो गोल गरेका थिए भने दोस्रो गोल स्टार स्टाइकर नेइमारले गरेका हुन् ।

नेइमारले खेलको ९७ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । दुवैले अतिरिक्त समयमा समयमा गोल गरेका हुन् ।

यसअघि खेलको ७९ औं मिनेटमा कोस्टारिकाविरुद्धको खेलमा नेइमारलाई लडाएको भन्दै कोस्टारिकाविरुद्धको पेनाल्टीलाई भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाइदिएको थिए ।

नेमारलाई कोस्टारिकाको डि बक्समा लडाएको भन्दै मुख्य रेफ्रीले पेनाल्टी दिएका थिए ।

पेनाल्टी हान्न नेमार तयार भएको अवस्थामा भिडियो एसिस्टेन्ट रेफ्रीले पेनाल्टी दिने निर्णयलाई उल्टाइदिएका हुन् ।

त्यसपछि खेलको ८१ औँ मिनेटमा ब्राजिलका नेमार र काउटिन्होलाई रेफ्रीले एलो कार्ड देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij