
काठमाडौं । काठमाडौंमा विद्युतिय कार्गो रेल ल्याउनेसहितका १० वटा सहमति भएका छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच यस्तो सहमति भएको हो ।
अन्य ४ सहमतिका लागि ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । ग्रेट हल अफ पिपलमा यस्तो सहमति भएको हो । रेलका विषयमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान यूले हस्ताक्षर गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij