२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

उपचारका क्रममा कुवेतमा एक नेपालीको मृत्यु

उपचारका क्रममा कुवेतमा एक नेपालीको मृत्यु

काठमाडौं । उपचारको क्रममा कुवेतमा एक नेपालीको ज्यान गएको छ । धनुषाको गोपालपुर ४ का बिसुन यादवको आदान अस्पतालमा शुक्रबार निधन भएको हो । कुवेतको नेसनल खराफी कम्पनीमा कार्यरत यादव क्षयरोगबाट पीडित भएको सहकर्मीहरुले बताएका छन्  ।

यादवलाई गएको पुस २५ गते अस्पताल भर्ना गरिएको थियो । मृतक यादव कार्यरत कम्पनी सम्पर्कमा आएको र आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल फर्काउने पहल भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij