
एजेन्सी । जारी विश्वकप फुटबलको एक स्टार अनुहार हो क्रिष्टियानो रोनाल्डो । पोर्चुगलका कप्तान रोनाल्डोले आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गोल गरे । मोरक्कोसँग भएको अर्को खेलमा पनि एक गोल गरे ।
रसियामा जारी विश्वकप फुटबलमा समूह बी मा रहेको पोर्चुगलले आफ्नो पहिलो खेलमा स्पेनसँग ३–३ गोलको बराबरी खेल्दा रोनाल्डोले तीनै गोल गरेका थिए । अन्तिम समयमा फ्रि किकबाट उत्कृष्ट गोल गर्दै पोर्चुगललाई हारबाट जोगाएका रोनाल्डोलाई अबको खेलमा रोक्न अन्य टिमलाई धौ–धौ पर्न सक्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
निकै लयमा देखिएका रोनाल्डो स्पेनविरुद्ध गोलगरेसँगै आफ्नो नाममा कीर्तिमानी कायम गर्न समेत भ्याए । उनले खेलेको ४ वटै विश्वकपमा गोल गर्दै आफ्नो क्षमता देखाएका छन् । मोरक्को विरुद्ध बुधबार बेलुकी भएको खेलमा खेलको चौंथो मिनेटमा नै गोल गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij