२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ब्राजिलको जेलमा फेरि झडप, १० जना मारिए

ब्राजिलको जेलमा फेरि झडप, १० जना मारिए

काठमाडौं । ब्राजिलमा फेरि जेलका कैदीबीच झडप भएको छ । यसक्रममा कम्तिमा १० जना मारिएका छन् ।

ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदी बन्दीबीच झडप भएको हो । जेलमा रहेका कैदीका दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

यो वर्ष मात्र ब्राजिलमा तेस्रो पटक झडप भएको हो । जनवरीको सुरुमा एमाजोनास र रोराईमा राज्यको जेलमा भएको झडपमा एक सय जना मारिएका थिए ।

एलकाकुज जेलबाट विस्फोट र गोली हानाहानको आवाज सुनिएको स्थानीयलाई उधृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जेलनै नियन्त्रण गरी कैदीहरुले प्रहरीलाई प्रवेशमासमेत रोकावट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij