काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणको क्रममा बेइजिङमा छन् । प्रधानमन्त्री ओली मंगलबार बिहान १ सय १९ जनाको जम्बो टोलीसहित चीन प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बुधबार बेइजिङस्थित ग्रेट हल अफ पिपलमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
यसअघि बुधबार बिहन प्रधानमन्त्री ओलीले नेपाल–चाइना बिजनेश फोरमलाई बेइजिङमा सम्बोधन गरेका थिए ।
ओलीले एसियाली पूर्वाधार तथा लगानी बैंकका अध्यक्ष जेन लिक्यूनसँग समेत भेटवार्ता गरेका छन् ।
तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका नायक माओत्से तुङको समाधीस्थलमा पुगेर ओलीले श्रद्धान्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका नायक माओत्से तुङको समाधीस्थलमा पुगेर श्रद्धान्जली अर्पण गर्दै ।प्रधानमन्त्री ओली र एसियाली पूर्वाधार तथा लगानी बैंकका अध्यक्ष जेन लिक्यूनबीच भेटवार्ता हुँदै ।चीनको बेइजिङस्थित ग्रेट हल अफ पिपलमा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसहित प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधिमण्डल ।चीनको बेइजिङस्थित ग्रेट हल अफ पिपलमा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।
नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच दुईलाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षरपछि हात मिलाउँदै संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु या ।प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल–चाइना बिजनेश फोरमलाई बेइजिङमा बुधबार सम्बोधन गर्द ।